
वियर ग्रेल्सको जीवनबाट के सिक्ने ?
१० मंसिर २०७५, सोमबार १३:३३
तपाइँहरुले डिस्कभरी च्यानन त हेर्नु नै भएको होला । उक्त च्यानलमा आउने म्यान भर्सेज वाइल्ड नामक एक प्रख्यात कार्यक्रममा देखिने वियर ग्रेल्सलाइ निकै नै साहसिक मानिसको रुपमा हेरिन्छ । साढेसात धरतीको माथी डिनर गर्न, सगरमाथाको उचाईबाट प्याराजेट उडाउन, भयंकर गोहीलाइ स्वदिस्ट भोजन भनाएर खान यो सबै गर्ने वियर ग्रेल्स नै हुन् ।
उनको सानै देखिको सपना थियो- संसार कै अग्लो हिमाल सगरमाथा चढ्ने । उनी हिउसँग पैठेजोरी खेल्न चाहन्थे । तर एका एक उनको जीवनमा ठूलो बाधा आइपर्छ । २० वर्षको उमेरमा उनी दुःखद् दुर्घटनाको शिकार बन्न पुग्दछन् । प्यारासुट मार्फत १६,००० फिट उचाइबाट हाम्फाल्ने क्रममा असन्तुलित भइ नराम्रो दुर्घटना हुन्छ । उनको ढाडको तिन हड्डी भाँचिन्छ । उनको तत्कालिन अवस्था यती दयनिय हुन्छ कि उनले बाँकी जीवनमा हिडडुल गर्नु असंभव जस्तै थियो । तर उनी हरेश खादैनन् । लागि परिरहन्छन् । एक वर्षसम्म उपचार गरिरसकेपछी उनी अस्पतालबाट बाहिर निस्कन्छन् र आफ्नो बाल्यकाल देखिको सपना पुरा गर्न तर्फ लाग्दछन् । तिनवटा हड्डी भाचिएको १८ महिना नपुग्दै, २३ वर्षको उमेरमा, उनी १६ मे १९९८ मा सगरमाथ चढेरै छाड्छन् । साथै उनी सबैभन्दा कम उमेरमा सगरमाथा चढ्ने व्यक्तिहरू मध्ये एक भइ किर्तिमानी कायम गर्न सफल हुन्छन् ।
यसले यो प्रमाणित गर्दछ कि, कुनै पनि बाधाहरूमा सपनालाई छेक्न सक्ने ताकत हुदैन । सिर्फ आफू सिवाय ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग
कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले