राजा बिरेन्द्रको संझनामा


सन् १९७२ देखि सन् २००१ सम्म नेपाली राजसिंहासनमा बसेका राजा बिरेन्द्र अहिलेसम्मका सर्वाधिक चर्चित राजा मानिन्छन्, बिरेन्द्रको सपरिवार रहस्यमयी तवरले हत्या भएको थियो ।

बिरेन्द्रको जिवनमा धेरै रमाइला र पीडादायी घटनाहरु छन्, नेपालीजनले कहिल्यै बिवादमा नपरेका यि राजालाई भगवान झैं पुजेका थिए । यिनकै पालामा नेपाली जनआन्दोलनको सम्मानमा बहुदलीय प्रजातन्त्रको अभ्यूदय भएको थियो । डिसेम्बर १८ सन् १९४५ मा जन्म भएका राजा बिरेन्द्र आज ज्यूँदा भएका भए सालाखाला ७४ वर्षका हुन्थे । सन् १९७० मा ऐश्वर्य राज्य लक्ष्मीसंग राजा बिरेन्द्रको बिवाह भएको हो ।

भारतको दार्जिलीगंको सेन्ट जोसेफ अनि बेलायतको इटोन कलेज, अमेरिकाको हार्वड अनि जापानको टोक्यो विश्वविधालयमा बिरेन्द्रले अध्ययन गरेका हुन् । बुवा महेन्द्रभन्दा निकै फरक र उदार सोच भएका बताइने राजा बिरेन्द्र आफ्नो उदारता र दिलदारपनाका कारणले नै चर्चामा रहे र त्यसै कारणले यिनको अन्त पनि भयो । बिरेन्द्र वशंनाश पछि श्रृखलावद्ध हिसाबले नेपालमा आन्दोलनका राजनिति, नेपाली संस्कृतिमाथि प्रहार, धर्म निरपेक्षता लगायत अन्तत राजसंस्था नै फालिने क्रियाकलाप भयो । इतिहास साक्षी छ कि बिरेन्द्र वशंनाशपछि नेपाली राज्य, सभ्यता र एकरुपताले कति बिनाश सहेको छ भन्ने । शायद गिरिजा बाबुले बेलाबेलामा कुरा चपाएर भन्ने गरेको ग्राण्ड डिजाइनको शुरुवात नै बिरेन्द्र वशंनाश पछि भएको हुनसक्छ ।

आफ्नो गाँउ फर्क अभियान देखि एक गाँउ एक उत्पादन अनि हरियो वन नेपालको धन अभियानमा संरक्षकत्व दिएका राजा बिरेन्द्रको कुटनैतिक नेतृत्वको कुशलता भनें नेपाललाई शान्ति क्षेत्रको प्रस्ताव गर्दाको समयमा विश्वले देखेको थियो । भगवान बिष्णुको अवतारका रुपमा राजा बिरेन्द्र विश्वको एकमात्र हिन्दु राज्यका एक पूज्य राजा थिए तर यिनको अवसानसंगै नेपालमा मात्र नभई भारतीय उपमहाद्धीपमा नै अन्य धर्मको लहर यसरी चल्यो कि मानौ यि राजा नै बैदेशिक हस्तक्षेपका एकमात्र अवरोध थिए । ८५ प्रतिशत साक्षरता दर बनाउन बिरेन्द्रको योजना र नेतृत्व अन्र्तगत नेपाली पाठ्यक्रमलाई परिमार्जित गरिएको थियो । आफ्नो बेलायतको पढाई सकाएर नेपाल आएपछि राजा बिरेन्द्रको नेपाली गाँउ र दुर्गम भेगमा निकै भ्रमणहरु भएको थियो, यसै भ्रमणहरुको क्रममा राजा बिरेन्द्र आफ्नो पहिचान लुकाएर सर्वसाधरणको घर र गाँउमा पुग्ने गर्दथे ।

साधारण जिवनशैली र सरलताका प्रतिक राजा बिरेन्द्रको जिवन जति सरल थियो त्यति नै जटिल राजा बिरेन्द्रको मृत्यू प्रकरण भयो । यस्लाई मृत्यु भन्दा पनि हत्या या नरसंहार प्रकरण भन्न सकिन्छ, राजाको वशंनाश गराई तत्कालिन अधिराजकुमार ज्ञानेन्द्रलाई सत्तासिन गराइएको बिषम परिस्थितिको नेपाल राजतन्त्र त्यसपछिको एक दशक पनि पुग्न नपाई धराशायी भयो । नेपालीहरुको राजसंस्था प्रतिको विश्वास कमी भएको कदापी थिएन यद्धपि राजसंस्थाका आफ्नै केहि जटिलता र सामन्तवादका स्वरुपले यसलाई हटाइयो । ६२ र ६३ सालको जनआन्दोलनमा राजा हटाउने र शान्ति स्थापना गर्ने उदेश्य मात्र भएतापनि क्रमश संसद र सदनमा कहिल्यै जनताबाट नआएको म्याण्डेड धर्मनिरपेक्षता पारित भयो । अनेकतामा एकता राजतन्त्रको बिशेषता थियो तर आज बिभिन्न स्वरुपमा नेपालको नेतृत्व अझै सामन्तवादी हुँदैगएको पो छ कि ?

राजा बिरेन्द्रलाई हार्दिक श्रदाञ्जली र उन्को आत्माले न्याय पाओस् भन्ने चाहना पनि ।
लाइभमाण्डु

धमिलो जेष्ठ १९


Loading comments...