Lifestyle Portal
  •   ३ चैत्र २०७९, शुक्रबार
Camera

बजारमा फेरी नयाँ काण्ड आएछ

११ मंसिर २०७५, मंगलवार १३:३७


subash Bhandari
subash Bhandari

बजारमा फेरी नयाँ काण्ड आए्छ, हेर्नेहरुलाई निकै आनन्द आएछ । हो बजारमा फेरी नयाँ काण्ड आएको छ, सामाजिक सञ्जालले फेरी तातो तातो आनन्द पाएको छ । मलाई पनि केही मेरा साथीहरुले सेयर गरी सके, भन्दै थिए मोज गर कडा छ ।

२१ औ शताब्दीको यो समयमा प्राविधिक विकासले निकै ठुलो फड्को मारिरहेको छ । पुर्खाहरुले कल्पना समेत नगरेका उपल्बधी हासिल भएका छन् । चन्द्रमालाई सधै पुज्ने मेरो हजुरबाबालाई त्यहाँ त मानिसले पाइला टेकिसके भन्दा अनौठो मान्नुहुन्छ । मंगलमा बसाईँ सर्ने कुरा सुनाउदा उहाँलाई विश्वास लाग्दैन । अमेरिकामा बस्ने काकासँग मोवाइलमा कुरा गर्न पाउँदा अचम्म मान्नु हुन्छ । प्रविधिले धेरै सहजता ल्याएको छ । काम,काजहरु निकै सहज र छिटो भइरहेको छ ।

प्रविधिको नकरात्मक प्रयोगले समय समयमा कयौ काण्डहरु सार्वजनिक भएका छन् । चलनचल्तीको भाषामा सामाजिक सञ्जालमा केही यौनजन्य क्रियाकलाप सार्वजनिक हुँदा त्यसलाई काण्डको संज्ञा दिइन्छ । जुन युवा पुस्तामाज निकै स्थान पाएको पाईन्छ । व्यक्तिगत जिबनका केही पलहरुलाई क्यामारामा कैद गरेर सामाजिक सञ्जालमा राखिदा यसले त्यसमा संलग्न व्यक्तिहरुको जिबनमा ठुलो असर पुगीरहेको छ । विश्वासमा भएका सम्बन्धहरुलाई अविश्वासका साथ सामाजिक सञ्जालमा स्थान पाउनाले मानिसक तनाब तथा आत्महत्या समेत गरिरहेका घटनहरु सुनिरहेका छौ । कयौ नेता, कलाकारहरु पनि यस्ता घटनामा परिरहेका छन, जसले गर्दा उनीहरुको पेशा तथा सामाजिक अवस्थामा समेत नकरात्मक असर परिरहेको छ ।

कानुनी भाषामा भन्नु पर्दा यसलाई साइबर क्राइम भनिन्छ् । कसैको इच्छा विपरित फोटो राख्दा समेत अपराध भनिन्छ तर यहाँ विभिन्न यौनजन्य तस्बिर तथा भिडियोहरु आइरहनछन, विभिन्न काण्डको नाम बनाएर । एउटा घटना घट्छ सामाजिक सञ्जालले एउटा ठुलो विषय पाँउछ, छिटो समयमै यस्ता प्रसङ्ग देश तथा विदेश भरी फैलिन्छन् । यस्तै एउटा यौनजन्य भिडियो सार्वजनिक भएपछि , पश्चतापले घरपरिवार तथा समाज सम्झिएर डोरीको साहाराले यो संसारबाट विदा हुने कयौ घटनाहरु सुनिएका छन् ।

प्रत्येक व्यक्तिले पनि यो कुरा सोच्न जरुरी छ कि केही कुराहरुम विश्वासमा हुनु पर्दछ् असामान्य चाहनाले आफनो सुन्दर भविष्य नै बिर्गने खतरा रहन्छ । अतः प्रविधिको प्रयोग गर्ने कुरामा निकै विबेकशिल हुन जरुरी छ । के के कुरामा प्रविधिको प्रयोग गर्नु पर्छ ,बिचार गर्नुस बजारले तपाईको पनि काण्ड पाउन सक्छ, त्यसैमा रमाउन सक्छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं, ६ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन् । शुक्रबार बिहान

मलेखु, १५ पुस  : तीन वर्षअघि धादिङको गजुरी गाउँपालिका–२, चामबास गाउँ नै पहिरामा पर्र्यो । जमिन चिरा पर्र्यो । घर

दिनाकर दहाल – कुनै पनि साहित्य, रचना वा कलालाई तत्कालिन परिवेश अथवा देश, काल र परिस्थितिको नजरमा हेरिनु जायज हुन्छ

दिवाकर भट्ट- भनिन्छ कुनै पनि देशलाई विकास गर्नुछ भने त्यस देशको शिक्षा प्रणाली र विद्यालयहरुको सही व्वस्थापन र तालमेल हुनुपर्दछ।देशका