एउटा अमेरिकी र एउटी ईरानीको प्रेमकथा


हामीलाई लाग्न सक्छ कि विश्व असाध्यै जटिल छ र यहाँ ति मान्छेहरु जस्का आवाज, भावना या सामीप्यताले हामीलाई छोएर गयो उनीहरु कहिँ फेरि भेटिन्न भन्ने । तर यी सबै कुराहरु एउटा सानो पसल, एक कप चिया र केहि कुराकानीले सरलीकृत गर्न सक्दछन् । यी कुराहरु मैले ईरानी लेखक मार्जन कमलीको द स्टेशनरी शप नामक पुस्तकबाट साभार गरेको हुँ, यस कथा द स्टेशनरी शप ले अहिले विश्वमा धुम मचाइरहेको छ र आज यस पुस्तकका पात्रका बारेमा नलेखि बस्न सकिन् । सन् २०१३ को कथा मा रोया ७० वर्षकी छिन् र यिनले मायामा परेर एकजना अमेरिकी वाल्टरसंग बिवाह गरेर अमेरिकामै ५ दशक बिताएकी छिन् । अमेरिका र ईरानको तनावग्रस्त अवस्थामा एउटा अमेरिकी र ईरानीको प्रेम कथा आज लेख्न जरुरी छ ।

वाल्टर आउन भन्दा दशकौं अघि रोयाको प्रमे एउटा केटो वहमानसंग बसेको हुन्छ, बहमान अत्यन्त विलक्षण र संसार नै परिवर्तन गर्न सक्ने सार्मथ्य भएका यूवक हुन्छन् । बहमानसंय रोया यति निकट हुन्छिन कि उस्को आवाज नसुनी रोया एकदिन पनि बाँच्न नसक्ने भएकी हुन्छिन तर आज यतिका समयपछि बहमानको प्रसंग रोयाका लागि पनि एउटा कथा झैं हुन्छ । आज पनि रोया आफ्नो पूर्वप्रेमी बहमानको बारेमा सोचनीय छिन्, उनी बहमानलाई भेट्न चाहना राख्दछिन् । बहमानसंय गिनको भेट ईरानको एउटा पुस्तक पसल र क्याफेमा भएको हुन्छ, द स्टेशनरी शप नामक उक्त पसल नै यस पुस्तकको प्लट हो ।

निकै समयपछि बल्ल आज ७० वर्षकी रोया आफ्नो पूर्पप्रेमी बहमानसंग एउटा बृद्धाश्रममा भेट्न जाँदैछिन् । बहमान अब बुढो भइसक्यो, रोया पनि ७० वर्षमा छिन् यद्धपि बहमानले आफूलाई जीवनभरि रोयालाई प्रतिक्षा गरेको बताँउदछ । रोया आज फेरि १७ वर्षकी भएको अनुभव गर्दछिन् । रोयाकी आमाले सँधै उनलाई बताएकी हुन्छिन कि हाम्रो भाग्य नदेखिने गरि निधारमा लेखिएको हुन्छ भनेंर, रोया अहिले फेरि निधार सुम्सुम्याउछिन् ।

ईरानको त्यसवखतको राजनैतिक अवस्था, सामाजिक बिखण्डनका कारणले यि जोडी एउटा ग्रिष्म मासमा छुटिएका हुन्छन् । बहमानकी आमा बद्रीले रोयालाई बुहारी मान्न चाहेकी हुन्न, उन्ले आफ्नो छोराका लागि किताब मात्र पढिरहने रोया भन्दा राम्राी केटि चाहेकी हुन्छिन् र यही कारणले पनि यिनीहरुको बिछोडमा ठूलो भूमिका खेलेको हुन्छ । सन् १९५३ को ईरानलाई लेखक बमलीले यसरी उतारेका छन् कि यस पुस्तक हातमा परेपछि सम्पूर्ण नपढि जोकोही रोकिन्न । बहमानले रोयालाई लेखेका पत्रहरु यति गहकिला र स्पष्ट हुन्छन कि ति प्रेमपत्रहरु नै आँफैमा एउटा उपन्यास झैं लाग्दछन् । कमलीले कलम, मसी र कागजको गन्धलाई ईरानी खानाको गन्धसंग कति मीठो गरि जोडेका छन्, ईरानको संस्कार र सभ्यतालाई कमलीले यस उपन्यासमा वडो चित्तोकर्षक रुपमा प्रस्तुत गरेका छन् ।

म्यासिच्यूएट्स बुक अवार्डको फाइनलसम्म पुगेको यस पुस्तक विश्वभर निकै बिकेको छ, धेरै भाषाहरुमा अनुवादित पनि छ । नेपाली भाषमा यस पुस्तकको संक्षेप यति नै, ईरान र अमेरिकाको बढ्दो तनावमा वाल्टर र रोयाको बैवाहिक समबन्धका बारेमा पनि लेखिएको यस पुस्तकले भातृत्व जगाउन सफल होस् ।

यो पनि पढ्नुहोस्

ईरानले जमिनमुनी गुप्तरुपमा न्यूक्लीयर हतियार बनाँउदैछ : संयुक्तराष्ट्र संघ
के ईरानले युद्ध चाहन्छ ?
अमेरिका र ईरानको युद्ध हुन्छ त ?
ईरानमा मदिरामाथिको प्रतिबन्ध घातक

सुयोग ढकाल


Loading comments...