
ईरानी रेडियोको त्यो समाचार
सोलेमानीको अन्तेष्टिको पीडा अझै ईरानमा कम भइसकेको छैन, लाखौं ईरानी जनता, राष्ट्रपति, प्रधानमन्त्री समेत उपस्थित भएर जनरल सोलेमानीको अन्तेष्टि गरिएको छ, सबैका आँखा रसाएका सञ्चारमाध्यमहरुले बताएका छन् । गत शुक्रवारका दिन ईरानी इलीट फोर्सका अर्का कमाण्डर अबु महदी अल मुहान्दीसको साथमा ईरान इलीट कुर्दस फोर्सका सर्वोच्च कमाण्डर र ईरानीका सुरक्षा मामीलाका मास्टरमाइण्ड सोलेमानीको पनि हत्या भएको थियो, हत्यामा स्पष्टसंग अमेरिकी सरकारको संलग्नता रहेको छ ।
शनिवारका दिन अमेरिकी राष्ट्रपति ट्रम्पले यदि ईरानले कुनै अमेरिकी सम्पती या नागरीकमाथि आक्रमण गरेमा ५२ वटा ईरानी साइटलाई ध्वस्त पार्ने चेतावनी पनि दिएका थिए । ईरानका सुप्रिम नेता अलि हुसेनी खामेनीले अब ईरानले अमेरिकालाई बलियो जवाफ फर्काउने चेतावनी पनि दिएका छन् ।
ईरान एफ एमले बिदेशमन्त्री जवाद जरिफको अन्र्तवार्ता लिएको थियो, त्यसमा जरिफले स्पष्टसंग राष्ट्रपति डोनाल्ड ट्रम्पलाई के यहाँले अहिलेसम्म मानवताको यत्रो सागर ओर्लेको देख्नुभएको थियो जुन ईरानमा आज ओर्लेको छ भनी प्रश्न गर्दै अब पश्चिम एसियामा अमेरिकाको प्रभावशाली उपस्थितीको अन्त हुने समय भएको बताएका छन् । ईरानमा उक्त अन्र्तवार्ताले निकै ठूलो समर्थन र साथ पाएको छ, अहिले ईरानमा देशप्रेमको भावना र सोलेमानीको मृत्युले नयाँ राष्ट्रवादको जन्म गराएको सञ्चार माध्यमहरुले बताएका छन् ।
यो पनि पढ्नुहोस्
- ईरानले जमिनमुनी गुप्तरुपमा न्यूक्लीयर हतियार बनाँउदैछ : संयुक्तराष्ट्र संघ
- के ईरानले युद्ध चाहन्छ ?
- अमेरिका र ईरानको युद्ध हुन्छ त ?
- ईरानमा मदिरामाथिको प्रतिबन्ध घातक
लाइभमाण्डु