ईरानबाट उडेको यूक्रेनी यात्रुवाहक जहाजको दुर्घटना


तेहरानको ईमाम खोमेनी बिमानस्थलबाट बुधवार बिहान उडेको यूक्रेनको यात्रुवाहक जहाजमा १८० जना यात्रुहरु सवार थिए, उक्त जहाज बोइगं ७३७ मोडलको जहाज थियो ।

पारान्ड नामक ठाँउमा उडेको केहि समयमा नै बोइगं ७३७ ८०० दुर्घटना भएको हो यद्धपि यस दुर्घटनाको कारण चाँही के हो भन्ने विषयमा खुलीसकेको छैन । मृतकको विषयमा भनें अहिलसेम्म कुनै पुष्टि भइसकेको छैन यद्धपि बिमानमा सवार कोही पनि नबाँचेको बताइएको छ । यूक्तेनको किइभ शहरको बोर्सिपील बिमानस्थलमा अवतरण गर्नका लागि तेहरानबाट उडेको जहाजको दुर्घटना भएको हो । बिमानको उडान १ घण्टा ढिलो भएको थियो तर उडेको केहि समयमा नै सबमानको दुर्घटना भएको हो ।

लाइभमाण्डु


Loading comments...