नाजीहरुले छाडेको अधुरो अभियानः एन्टी सेमीटिज्म


एन्टी सेमीटिज्म शव्द अहिले विश्वभरि निकै चर्चामा छ, बेलायतका लेवर पार्टीको उतार चढाव देखि अमेरिकी राजनितिज्ञ बर्नी स्याण्डरस्लाई लगाइएको आरोप सम्म एन्टी सेमीटिज्मको कारणले हो ।

नाजी अर्थात हिटलर दर्शनको एउटा मुख्य ध्येय थियो, एन्टी सेमीटिज्म, अर्थात हिब्रु या ज्यूजहरुलाई हटाउने र सफाई गर्ने अनि घृणा गर्ने । नाजीहरुलाई परास्त पारेको आधा शताव्दीसम्म यस शव्दको कहिँ कतै जिक्र भएन तर अहिले फेरि एन्टी सेमीटिज्मको आरोप शुरु भएको छ, फेसबुक ट्वीटर लगायतका संस्थाहरुलाई हिब्रुहरुलाई धेरै समर्थन गरेको, प्रोपोगाण्डा गरेको र एन्टी सेमस्टिस्टहरुको अकाउण्ट नै हटाएको आरोप पुष्टि नै भइसकेको छ ।

१८ औं शताव्दी मा नै यूरोपेली शाषकहरुले मान जातीलाई ससाना समुदायका आधारमा बिभाजन गर्न थाले र सेमीटिज्म त्यतिबेला देखि नै चर्चाम आएको एउटा सुमदाय केन्द्रित नाम हो । एन्टी सेमीटिज्म संगै हिटलर र होलोकास्ट पनि जोडिएर आँउछन् । अब्राहमीक धर्मका शाखाहरुमा हिब्रु, ईसाई अनि ईस्लाम पर्दछन् र ईसाई र ईस्लाम धर्मको शदियौं पुरानो द्धन्द भएको त हामीले देखेका नै छौं । अहिले विश्व बजारमा सर्वाधिक शक्तिशाली, धनी अनि मुख्यतया अमेरिकी राजनितीमा आफ्नो वर्चस्व राख्ने हिब्रु समुदाय प्रति विश्वका धेरै ठाँउहरुमा सम्मान र अपमान दुबै पाइन्छ । हिटलरले आफ्नो नाजी अभियानको मुख्य ध्येय नै हिब्रुहरुलाई यूरोपबाट खेद्नका लागि तय गरेका थिए । विश्वको सर्वाधिक कान्छो अनि शक्तिशाली देश ईज्रेल सेमीटिस्ट सभ्यताको आजको केन्द्रबिन्दु हो यद्धपि हजारौं वर्ष सेमीटिस्टहरु अन्य देशमा बसेर आफ्नो स्वतन्त्र देशको परिकल्पनामा रहेका थिए ।

लाइभमाण्डु


Loading comments...