travel nepal

संसारकै अति सुन्दर बस यात्रामा पोखरा-काठमाण्डौ


सुन्दरताको धनि देश नेपाल विश्वको एक रमणिय र पर्यटकिय देश मानिन्छ । यहाँको विभिन्न संस्कृती भेषभुषा चालचलन रमणीय बातावरणले जो सुकैलाइ पनि लोभ्याउन सफल देखिन्छ । नेपाल एक सुन्दर बस यात्राको लागि निकै रमणीय यात्रा भनि “लोन्ली प्लानेट”को वेवसाइटले सार्वजनिक गरेको छ । ६ वटा देशहरुमा गरिएको अध्ययनवाट नेपालको राजधानी शहर काठमाण्डौ देखि पर्यटकीय शहर सम्मको यात्रालाइ निकै रमणीय मानिएको छ । जस्मा काठमाण्डौको दरवार स्क्वायर देखी पोखराको लेकसाइडको मनोरम दृष्यहरुलाइ वर्णन गरिएको छ ।

काठमाण्डौबाट करिव २०० किमी दुरीमा पर्ने पोखरा सम्मको यात्रामा सुन्दर शान्त प्राकृतिक वातावरणको साथमा हिमालयन दृष्यहरु, हरिया पहाड, नदिको किनारमा देख्न पाइने दृष्यहरु निकै महत्वपुर्ण मानिएको छ । बाटोको छेउछाउमा रहेका होटल तथा रेष्टुरेण्टहरुले दाल, भात, तरकारी खानाको रुपमा ब्यबस्था गर्ने कुराहरुलाइ बडो रोचकताका साथ वर्णन गरिएको छ । यसै सुन्दरतालाइ आधार मानेर घुम्न आउने यात्रुहरुको अनुभवलाइ संगालेर गत जुलाइमा प्रकाशन भएको “लोन्ली प्लानेट” गाइडबुक तथा ट्राभल वेवसाइडले नेपालको लागि दुईवटा गाइड बुक प्रकाशन गरेको छ जस्को नाम ‘नेपाल’ र ‘Trekking the Himalaya Activities‘ रहेका छन । यी बुकहरुमा नेपाललाइ उत्कृष्ट पर्यटकिय स्थलको सुचिमा राखिएको छ ।

नेपाल गाइड बुक
नेपालको सम्क्षिप्त इतिहाँस सहित यहाँका चाल-चलन, रितिरीवाज, कला-संस्कृती, पर्यावरणको बारेमा उल्लेख गरिएको छ । ४१६ पेज भएको यस बुकमा ९६ रंगिन तस्विर सहित ५८ नक्सा रहेका छन । बुकमा नेपालका उत्कृष्ट स्थानहरु, शहरहरु, हिमालयन दृष्यहरु, Trekking स्थानहरु, ग्रामिण क्षेत्रको जनजिवन अनि जंगल तथा जंगली रहनसहन, सर्वाेच्च शिखर सगरमाथा अनि तराइको जनजिवन र महाभारत पर्वत आदि स्थानहरुको प्रतिविम्ब हुने खालको तस्विर, नक्सा, होटल र स्थानीय विशेष बस्तुहरुको बारेमा विशेष जानकारी सहित गाइडबुक तयार पारेको छ । जस्ले पर्यटकको गन्तब्यलाइ सहज सुलभ र रमणीय बनाउन मद्दत गर्ने छ ।

Nepal

Trekking the Himalaya Activities
यस किताबले नेपालमा रहेका Trekking स्थानहरुको बारेमा बृहद जानकारी प्रदान गर्ने जर्मर्को गरेको छ । यसमा काठमाण्डौका रमणिय स्थान, सगरमाथा क्षेत्र, अन्नपुर्ण क्षेत्र, लाङटाङ्ग, हेलम्बु, पुर्वी नेपाल, पश्चिमी नेपाल र अन्य स्थानको बारेमा जानकारी दिइएको छ । ३७६ पेज भएको यो बुकमा ७१ नक्सा र ६४ रंगिन तस्विरहरु राखिएको छ ।

एसियाको पर्यटकिय क्षेत्रको बारेमा जानकारी सहित सन १९८१ मा प्रकाशन सुरुवात गरेको यस म्याग्जिनले निकै चर्चा कमाएको थियो । हाल विश्वको एक गाइड बुक तयार गर्ने सक्षम कम्पनीको रुपमा परिचित भएको छ । हाल सम्म ५०० भन्दा बढि बुकहरु प्रकाशन गरिसकेको यस कम्पनीले नेपालको बारेमा ५ वटा किताव प्रकाशन गरेको छ भने सन २००७ सम्ममा ८ करोड प्रति विक्री गरिसकेको छ । अत्याधिक सफलता पश्चात उक्त बुकहरु विभिन्न ८ भाषाहरुमा प्रकाशन गरिएको छ । हाल कम्पनीले म्यग्जिन, गाइड बुक, भिडीयो, मोवाइल एप्स, फोटो ग्यालरी र इ-कपीको सुविधा प्रदान गर्दै आइरहेको छ ।

https://www.lonelyplanet.com/travel-tips-and-articles/shake-rattle-and-woah-the-worlds-most-beautiful-bus-rides/40625c8c-8a11-5710-a052-1479d2757db1


Loading comments...