
किन ‘अन्जान’मा मिसाइल हानिन्छ सिभिल हवाइजहाजहरुलाई?
विश्वमा विगतका दशकमा धेरै जहाजहरुलाई सरकारको रक्षा संयन्त्रले अन्जानमा मिसाइल हानेर खसाउन थालेको पाइन्छ, आधूनिक विश्वमा के फाइटर जहाज या अनाधिकृत जहाज र निहत्था मान्छेहरु चढेका जहाजहरु छुट्याउन मिल्ने संयन्त्र नभएको हो त ?
हजारौं जनाको मृत्यू यसरी सिभिल एभिएशनमा भइसकेको छ तर यसप्रति किन कुनै दबाब छैन ? भर्खरै ईरानले अधिकांश आफ्नै नागरीक र चालक दल भएको यूक्रेनी जहाजलाई उडेको केहि समयमा नै झारिदिएको छ, अहिले बल्ल ईरानी सरकारले यो भूलवस भएको भनी माफी मागेको छ । सन् १९३८ मा चीनीँया जहाजलाई जापानी आकाशमा यसरी खसाइएको थियो, उक्त जहाज सिभिल एभिएशनको रुटीन उडानमा रहेको थियो ।
.@maddow: “No reason to think this would have happened were it not for this military confrontation between the US and Iran…This flight got shot down because of what was happening between Iran and the US military this week—at least that’s what it appears” https://t.co/NPeiVBmVZ8
— MSNBC (@MSNBC) January 10, 2020
यस्तै एउटा घटना भएको थियो सन् २९१४ को जुलाई ७ मा जब मलेसीयन एयरलाइन्स नेदरल्याण्ड एम्सटरड्यामका लागि क्वालालम्पुरबाट उडेको जहाजलाई यूक्रेनी आकाशमा झारिएको थियो, यस मिसाइल आक्रमणमा जहाजमा सवार सबै २९८ जनाको मृत्यू भयो । विश्व एड्स कन्फरेन्समा जान लागेका विश्वप्रसिद्ध वैज्ञानीक र अध्ययनकर्ताहरुको यस उडानमा मृत्यू भयो । त्यस्तै अक्टोबर महिनाको सन् २००१ मा साइबेरियन एयरलान्सको एउटा जहाजलाई यूक्रेनी मिसाइलले खसायो, सबै सवार ७८ जनाको मृत्यू भयो । अधिकांश रुसी र ईज्रेली नागरीक भएको यस जहाज यूक्रेनी डिफेन्सले भूलवश खसालेको बतायो ।
जुलाई सन् १९८८ मा पर्सियन गल्फ आसपासमा एउटा ईरानी जहाजलाई अमेरिकी नौसेनाले भूलवश खसाल्दा २९० जनाको मृत्यू भएको थियो । सन् १९८३ मा कोरियन बिमानलाई रुसले खसालेको थियो, यस्मा पनि २६९ यात्रुको मृत्यू भयो । शितयूद्ध ताका पर्सियन गल्फ अनि रुसी क्षेत्रहरुमा यस्ता धेरै घटनाहरु भएका थिए, अहिले आधूनिक विश्वमा पनि तिनै घटनाहरु दोहोरिनु लज्जास्पद छ ।
Ukraine president expects full investigation, compensation from Iran on plane crash https://t.co/zVroyPSri2 pic.twitter.com/G3UuTpKXkP
— Reuters UK (@ReutersUK) January 11, 2020
जहाजको पाइलटसंग सहजै कुरा गर्न इन्टरसेप्ट गर्न सकिने प्रविधीहरु चुलीमा छ अनि जहाजको नाम र नम्बर पनि स्पष्ट तोकिएको हुन्छ यद्धपी किन यस्ता भूलहरु दोहोरिरहेका हुन्छन भन्ने कुरा चाँही नेशनल ट्राभल सेफ्टी वोर्डले ध्यान दिन सकेको छैन । जोखिमपूर्ण आकाशहरुमा उडान भर्न नदिने अनि जहाजका सिग्नल र सिभिल फ्लाइटहरु किन मिसाइल सञ्चालन गर्ने देशहरुले जान्न सक्दैनन भन्ने विषयमा अध्ययन हुन जरुरी छ ।
उडेको केहि समयमा क्रुजिगं उचाईमा नपुगि झारिएको जहाजका मान्छेहरुको जीवन र मृत्यूको हिसाब ईरानले दिन जरुरी देखिन्छ, के ईरानी राडारलाई उक्त जहाज उड्दै छ र त्यो जहाज नियमित उडान हो भन्ने थाहा थिएन ?
लाइभमाण्डु