लगनखेल तरकारी बजार अघि उपमेयरको गाडी रोकिएपछि


बिहिबारको दिन अर्थात बिसं २०७६ साल पौष २४ गते, ललितपुर तरकारी बजार छेउ सुटुक्क नगरपालिकाको गाडी पार्क गरियो । त्यहाँबाट झरिन उपमेयर गीता सत्याल । कसैले थाहा नपाउने गरि उपमेयर अब लगनखेल आसपासका तरकारी तथा फलफुल पसलमा बस्तु हेर्न अनि मुल्य सोधपुछ गर्न थालिन । केहि सामानका मुल्य बजारमुल्य भन्दा निकै बढि थिए भनें केहि बस्तुहरुको गुणस्तरको बिषयमा जाँच नै गर्नु पर्ने पनि पाइयो । उपमेयरका साथमा नगरपालिकाका प्राविधिक टोली पनि थिए जस्ले गुणस्तरको मापन ठहर्याउन उपमेयरलाई सहयोग गरे ।

लगनखेल क्षेत्र का बजारहरु अलिक अस्तव्यस्त त छन् नै तर त्यहाँ नपाउने भन्ने केहि छैन । ललितपुरका वासिन्दाहरुका लागि लगनखेल एउटा सुलभ अनि सहज बजार त हो तर त्यसका साथै त्यस बजारमा बिक्रय गर्न राखिएका बस्तुहरुको गुणस्तर अनि मुल्यको निर्धारण एउटा चुनौति पनि । नगरपालिकाले नगरक्षेत्रमा भएका बजार अनि पसलहरु समयसमयमा अनुगमन गर्न जरुरी देखिन्छ, यसो गर्नाले नगरवासीहरुले उक्त ठाँउबाट पाउने सेवा, उत्पादन अनि बस्तुको गुणस्तर जाँच गर्न अनि नगरपालिका भित्र उपभोक्ता अधिकारको संरक्षण गर्न टेवा पूर्याउने हुन्छ ।

ललितपुर नगरपालिका यी कुराहरुमा निकै सजग अनि अग्रणी स्थानमा पर्दछ, ललितपुरको एतिहासिक सम्पदाको जर्गेना देखि ललितपुर नगरक्षेत्रहरुका पसल तथा बजारहरु अनुगमनका लागि नगरपालिकाका नेतृत्वहरु नै निकै दौडिरहेका हुन्छन । ललितपुरकी उपमेयर गीता सत्याललाई धेरै जसो अनुगमन र संरक्षण सम्वर्धन भ्रमणहरुमा देख्न सकिन्छ ।

लगनखेल तरकारी बजार अनुगमनका क्रममा मेयरले उपभोक्ताहरुसंग पनि केहि अनौपचारीक वार्तालाप गरिन्, उन्ले मुल्य अनि गुणस्तरका विषयमा त्यहाँ खरिद गर्न आएका उपभोक्ताहरुसंग पनि उनीहरुको समस्या बुझ्दै अगाडि जाने बताएर समस्याहरु सुन्दै गइन अनि नगरपालिकाका कर्मचारीहरुले आफ्नो कापीमा टिप्दै गए । लखनखेल बजारको ब्यबस्थापन र बस्तु तथा मुल्य निर्धारणमा ललितपुर नगरपालिकाले देखाएको नेतृत्व सराहनीय छ ।

लाइभमाण्डु


Loading comments...