
कर्नाटकामा बिशाल जिससको मूर्तिको प्रस्ताव, आरएसएसको ब्यापक विरोध
ब्राजिलको रियो द जेनेररियोको बिशाल जिसस क्राइस्टको मूर्तिलाई टक्कर दिने गरि भारतको कर्नाटकामा जिसस क्राइस्टको बिशाल मूर्ति बनाइने भएको छ । यस निर्णयको बिरोधमा सत्तारुढ भारतीय जनता पार्टीको मातृ संगठन राष्ट्रिय स्वयमसेवक संघले प्रदर्शन गरेको छ, आरएसएसका सदस्यहरु साफ्रोन रंगका झण्डाहरु बोकेर हजारौं प्रहरीहरुको अगाडि रामागंरा जिल्लाको यस निर्णयप्रति आफ्नो बिरोध जनाएका छन् । आरएसएसलाई जर्मनका नाजीहरुको सिद्धान्तवाट आफूहरु प्रतिपादित भएको आरोप छ, हामीलाई ईसाई मिसिनरीले बनाइदिने यस्तो मूर्तिप्रति ब्यापक सन्देश छ र यसलाई हामी जरी पनि बन्न नदिने बनाएरै छाड्छौं भनी आरएसएसका प्रभावशाली नेता प्रभात भाटले बताएको कुरा अलजजिराले लेखेको छ ।
आरएसएसको यस निर्णयको बिरोधमा भारतका प्रख्यात लेखक एवं कवी जावेद अख्तरले पनि ट्वीट गरेका छन् ।
They boast they will give citizenship to all the religiously persecuted Christians from the neighbor countries at the same time they claim that they will not allow a statue of Jesus Christ in Banglore . Wow !! Makes perfect sense
— Javed Akhtar (@Javedakhtarjadu) January 13, 2020
११४ फिटको सेतो ग्रानाइटले बनाइने यस मूर्ति रियो द जेनेरियोको जिससको मूर्ति भन्दा केहि मात्र छोटो हुने बताइन्छ । यस मूर्तिलाई ईसाई बाहुल्यता भएको हारावोले भन्ने गाँउमा राखिनेछ । सम्पूर्ण भारतमा केवल २ प्रतिशतमात्र ईसाई रहेको तथ्य भएपनि कर्नाटकामा मात्र ६५ मिलियन अर्थात ६ करोड ५० लाख ईसाईहरु छन् ।
अब कुर्नुपर्ने कुरा के छ भने, “भारतको हिन्दु सर्मथित पार्टी सत्तामा हुँदा र नागरीकता बिधेयकमा धर्मगत आधार राखेको ब्यापक आरोप खेपीरहेको भाजपाले कर्नाटकाको जिसस क्राइस्टको मूर्ति परियोजनालाई कसरी निर्णय लिनेछ ।
Karnataka: RSS stages protest against construction of Jesus Christ statue Kanakapura | City – Times of India Videos https://t.co/MdhvX9r0gn
— Asif Ghafoor (@peaceforchange) January 14, 2020