
अष्ट्रेलीयाका विश्वस्तरिय शैक्षिक संस्थाका प्रतिनिधिहरु काठमाण्डौमा
बिगतको लामो समयदेखि नेपाली बिधार्थीको सर्वाधिक रोजाई र मनासिब गन्तव्यका रुपमा अष्ट्रेलीयाले नेपाली बिधार्थीहरुको अन्तराष्ट्रिय डिग्रीको चाहनालाई सुलभ रुपमा साकार गर्दै आएको छ । यस वर्षको शुरुवात मा नै पाथ फाइन्डर इन्टरनेशनल एडुकेशनले अष्ट्रेलीयाका ५ वटा सर्वाधिक बिश्वसनीय र विश्वस्तरिय शैक्षिक गन्तव्यका प्रतिनिधिहरुलाई नेपालमा एकै ठाँउमा भेला पारेर अष्ट्रेलीया एड्मीशन डे नाम राखी कार्यक्रम सञ्चालन गरिरहेको छ ।
पाथफाइन्डरको कार्यालय बागबजारमा ५ वटा अष्ट्रेलीयाका ख्यातीप्राप्त शैक्षिक संस्थाका प्रतिनिधिहरु बिधार्थीहरुको प्रश्न, जिज्ञासा र बिधार्थीहरुले चाहेको जानकारी दिन तत्पर बसेका छन् । बिदेशमा अध्ययन गर्न जानु र त्यसको प्रक्रिया पारदर्शी हुनपर्दछ जस्मा बिधार्थी स्वयमले त्यहाँका संस्थाका प्रतिनिधिहरुसंग कुरा गर्न सक्ने वातावरण हुनुपर्दछ भन्ने बिश्वासका साथ नेपालमा नै संभवत पहिलोपटक यस्तो प्रत्यक्ष अन्तक्रिया कार्यक्रम संचालन गरिएको हो ।
जनवरी १२ देखि १७ सम्म आयोजना हुने यस कार्यक्रममा आउनका लागि र बुझ्नका लागि सबै बिधार्थी र अभिभावकहरुमा खुल्ला निम्तो छ ।
सहभागी शैक्षिक संस्थाहरु
1. University of Tasmania (12th Jan)
2. Excelsia college (14th Jan)
3. Box Hill Institute (16th Jan)
4. ECA Australia (17th Jan)
5. EIT (15th Jan)
लाइभमाण्डु