
किन डुबे ८ वटा ईज्रेली फाइटर जेटहरु पानीमा ?
३ माघ २०७६, शुक्रबार १०:३०
एफ १६ सिरिजका फाइटर जेटहरु अमेरिकामा निर्माण भएका फ्यान्टम सिरिजका अति बिशिष्ट, महँगा अनि आकाशका राजा जहाजहरु मानिन्छन् । एसियाली देशहरुमा पाकिस्तान, ईज्रेल, कतार, साउदी लगायतका धेरै देशहरुले यी जेट खरिद गरेका छन् ।
निकै महँगा मानिने यि जेटहरु ईज्रेली सेनाको ह्यागंरमा ८ वटा एफ १६ सिरिजका जहाजहरु पानीले डुबेका छन् । ८ वटा यस्ता बिमान पानीमा चुर्लुम्म डुब्दा ईज्रेली सेनालाई खरबौंको घाटा त भयो नै अनि सैनिक ब्यबस्थापकीय कुरामा चुनौति पनि थपिएको छ ।
हामी जेरुसलेम पोष्टको समाचार उद्धृत गर्दै छौं, बिहिबार ह्याटजोर एयरबेसमा ५० मिलियन लिटर परेको र जस्ले एयरक्राफ्ट रनवे पूर्णत क्षतिग्रस्त बनाई अण्डरग्राउण्ड ह्यागंरमा समेत पानी पसेर ८ वटा एफ १९ बिमानहरु चुर्लुम्म डुबाएको खबर छ । यि बिमानहरु अब तत्कालै प्रयोगमा आउन सक्ने अवस्थामा छैनन ।
Picture released by Israel's Channel 12 news shows just how bad the flooding was. Eight F-16 fighter jets were damaged, but all are expected to be repaired and return to operational duty by next week pic.twitter.com/hRx04pkgrg
— Anna Ahronheim (@AAhronheim) January 13, 2020
ह्यागंर भित्र १ दशमलव ५ मिटर भन्दा बढि पानी भरिएपछि धेरै मेकानीक्सहरुलाई चाँही उद्धार गरिएको थियो तर जहाजहरुलाई जोगाउन सकिएन । एकजना ईज्रेली एयर फोर्सका कमाण्डरले बताएको कुरा जेरुसलेम पोष्टले उद्धृत गरेको पाइयो ।
५ बजे बिहानसम्म सुख्खा भएको एयरवेस आधा घण्टा भित्र पोखरीमा परिवर्तन भइसकेको थियो, त्यहाँका सिमेन्टका भित्ताहरु पनि भत्कन थालेका थिए ।
ईज्रेली एयरफोर्सले यस घटनामा आफ्नो गल्ती स्वीकार गर्दै सम्बद्ध नेतृत्वलाई कारवाही गर्ने र यस्ते फेरि हुन नदिने बताएको छ । ४ वटा जहाजहरु पूर्णत क्षतिग्रस्त छ भनें ४ वटा जहाजहरुमा गम्भीर मर्मत गुर्नपर्ने भएको छ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा