
लण्डनमा जिमी हेन्डरीक्सको पदचापहरु
४ माघ २०७६, शनिबार १०:२०
जिमी एक अमेरिकन मूलका कलाकार थिए यद्धपि यिनको करिअर भनें लण्डन शहरले नै बनायो । सन् १९६६ मा २४ वर्षको उमेरमा जिमी लण्डन आए, लण्डनको पहिलो कन्सर्टले उनलाई यति धेरै चर्चा दियो कि त्यपछि जिमीले कहिल्यै फर्केर हेर्नै परेन । केहि महिनाको बेलायत बसाई पछि जिमी अमेरिका फर्किए, एउटा फरक चर्चा र शानका साथ । उनी सन् १९७० भन्दा केहि अघि फेरि बेलायत आएर लण्डनको आफ्नो प्यारो शुरुवाती ठाँउहरु त नियाले तर त्यो नै उन्को अन्तिम लण्डन भ्रमण भयो, सन् १९७० मा त जिमीको आकस्मीक र असामहिक मृत्यु नै भयो ।
बेलायती इनभेजन ब्याण्ड द एनीमल्सका बेसिस्ट चास च्यान्ड्लर अमेरिका भ्रमणमा थिए जब यिनले न्यूयोर्कको ग्रिनभिच भिलेजको एउटा नाइट क्लबमा जिमी हेन्डरीक्सलाई भेटे । त्यपछि चान्डलरको सहायतामा जिमीले सन् १९६६ को सेप्टेम्बरमा बेलायतको भ्रमण गरे, त्यहाँका कन्सर्टमा अति चर्चित जिमी रातारात स्टार बने । उतिबेला लण्डन पप संगितको विश्वभरिको केन्द्र थियो, एउटा युवा पहिरन अनि फेशनको मक्का रुपमा लण्डन नयाँ शैली र चलनको मक्का झैं थियो त्यतिबेला ।
लण्डनमा यिनले आफ्नो सिग्नेजर मिलिटरी ज्याकेट कन्सर्ट अगाडि भाँडामा लिएका थिए, रोलिगं स्टोन्स, क्रिम, हु लगायतका ब्याण्डहरु अनि एरीक क्लीप्टनलाई भगवान नै मान्ने पप साधकहरुको शहर लण्डनमा जिमीले आफ्नो संघर्ष र सफलता दुबै अनुभव गरे । जिमी अब लण्डनका पवहरुमा रक एण्ड रोलको प्रतिस्पर्धा लाइभ नै गरिदिन थाले, जिमीका औंलाहरु गितारमा अनि मुख माइक नजिक भएपछि उनमा ईश्वरिय क्षमता आँउथ्यो ।
लण्डनको रक लोयाल्टी अब जिमीको आवाजको जादुमा थियो, यसै वखत यिनले फ्रान्स लगायतका देशहरुमा पनि कन्सर्ट साइन गरे । यूरोपमा जिमीको एउटा लहर नै चल्यो । चान्डलरले जिमीलाई ब्याण्ड स्थापना गर्न पनि मद्धत गरे, द जिमी एक्पीरियन्स नामको यो ब्याण्ड थियो । चर्चित टिभी शो रेडि स्टेडि गो मा सन् १९६७ मा जिमी आएपछि झनै उनी चर्चामा पुगे, यसै वखत यिनले साइकोडेलिक म्यूजीकहरु भएका दुई चर्चित गीत द पर्पल हेज र हे जोई गाए । जिमीको मृत्यु भएको ५० औं वर्ष पुग्न आँट्यो तर पनि आज जिमीको पदचापको खोजिमा लण्डन आउने मान्छेहरुको कमी छैन । जिमीले ज्याकेट भाँडामा लिएको गल्ली देखि यिनको कन्सर्ट भएको ठाँउहरुसम्म एउटा सांगितिक तिर्थयात्रा भएको छ ।
जिमीले एरीक क्लाप्टनको ब्याण्डसंग वेबमिनस्टर विश्वबिधालयमा बजाएबा थिए, अहिले पनि त्यस बिश्वबिधालयमा जिमीका पदचाप पछ्याँदै दैनिक सैयौं सांगितप्रेमीहरु पुग्दछन् । कम्बरल्याण्ड होटल देखि ब्रुक स्टी्रटसम्म जिमीका पदचापहरु को संझना आउने कतिपय शिलाहरु नै राखिएका छन् । जिमीलाई चर्चा अनि सफलता दिलाउने शहर लण्डन जिमी प्रेमीहरुका लागि सदैव सागिंतिक तिर्थयात्राको शहर हुनेछ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
इटहरी : २ दशकदेखि मोफसलमा रहेर हाँस्यब्यङ्ग गीत सिर्जना गर्न खप्पिस बोकेदारीको पहिचान बनाएका हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेलले “काका
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली