मलेसियाबाट आउने ताडीको तेललाई भारतमा प्रतिबन्ध


मलेसियाका प्रधनमन्त्री महाथिर मोहम्मदले केहि दिनअघि जम्मु कश्मिरको मुद्धामा भारतीय नेतृत्वलाई दोष दिएपछि भारतका प्रधानमन्त्री मोदीले कडा एक्शन लिएर मलेसियाबाट आयात गरिने भारी मात्राको पाल्म आयेल अर्थात ताडीको तेललाई भारतमा कडा प्रतिबन्ध लगाइदिएका छन् ।

बिश्वभरिमा भारत खाने तेलको सर्वाधिक ठूलो आयातकर्ता देश हो यद्धपि मलेसियाका प्रधानमन्त्रीले भारतको नागरीकता ऐन अनि जम्मु कश्मिरको कुरालाई ईस्लामीक ब्रदरहुड अनि सरकारको प्रताडनासंग जोडेर वक्तब्य दिएपछि अब भारतले मलेसियाको तेल नकिन्ने भएको छ ।

निकट भविष्यमा भारतले मलेसियाका अन्य कुराहरु पनि आयात प्रतिबन्ध लगाउन सक्ने बताइन्छ भनें यी कुराहरुलाई मलेसियाले कसरी हेर्नेछ भन्ने चाँही भविष्यले बताउनेछ ।

लाइभमाण्डु


Loading comments...