
अमेरीकाका पूर्वराष्ट्रपति बाराकले यसरी दिए श्रीमती ओबामालाई जन्मदिनको शुभकामना
३ माघ २०७६, शुक्रबार २३:५६
जर्ज डब्लु बुश जुनियरको कठोर परराष्ट्र निति अनि द्वन्दका आफ्टरम्याथ पछि बाराक ओबामा अमेरिकाका प्रथम अश्वेत राष्ट्रपतिका रुपमा ह्वाइट हाउस छिरेका थिए । एउटा कुशल वक्ता, वाचक, लेखक अनि कानुनका ज्ञाता ओवामाको चर्चा विश्वभरि नै चुलियो, उनी आफ्ना उदारवादी नीति, आप्रवासी मैत्री निति अनि विश्वबन्धुत्वका लागि चर्चामा रहे भने अर्कोतर्फ साधारण र मिजासिलो जीवनशैली अनि समावेशी ब्यक्तित्व उनको असाधारण पहिचान थियो ।
अमेरिकाकी पूर्व फर्स्ट लेडि अनि बाराक ओवामाको जीवनसङ्गीनी मिखाइल ओवामाको जन्मदिनमा शुभकामना सहितको ट्वीटः
In every scene, you are my star, @MichelleObama! Happy birthday, baby! pic.twitter.com/hgMBhHasBj
— Barack Obama (@BarackObama) January 17, 2020
मिखाइलको जन्मदिन १७ जनवरीमा पर्दछ, बाराकले अतिनै शौम्य तथा समर्पित शैलीमा मिखाइललाई ट्वीट गर्दै मायासहितका शुभकामना दिएका छन् । जसमा उनले लेखेका छन्, “हरेक दृश्यमा, तिमी मेरी तारा हौ, @मिशेल ओबामा! जन्मदिनको शुभकामना, प्यारी!”
यो समाचार तयार पारुञ्जेल 118.1K भन्दा बढि रिट्वीट भएको यस ट्वीटलाई अहिलेसम्म 763K ले लाइक्स गरेका छन् ।
ओबामा दम्पत्तिले निर्माण गरेको वृतचित्र “दि अमेरिकन फेक्ट्री” Oscar अवार्डमा मनोनयनमा परेको शुभ खबरपछि मिखेलको जन्मदिनले थप खुशियाली अवश्य थपेको हुनुपर्छ ।
ओबामा दम्पतिको चलचित्र निर्माण कम्पनी “Higher Ground”को ब्यानरमा निर्माण गरिको त्यस वृतचित्रमा ओहारो राज्यो एउटा बन्द कारखानालाई कसरी एक चाईनिज अर्बपतिले पुनःसंचालनमा ल्याए भन्ने विषयमा केन्द्रित छ ।
मिखेलको आत्मकथा “Becoming” सन् २०१८ को नोभेम्बरमा सार्वजनिक भएको थियो र त्यो अमेरीकामा त्यसवर्ष प्रकाशित पुस्तकहरुमध्ये सर्वाधिक बिक्रि हुन सफल भएको थियो । श्रीमती ओबामा श्रीमानले ह्वाइट हाउस छाडेपछि अत्यधिक व्यस्त भएको पाईन्छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारत सरकारको अनुदान सहयोगमा तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ । भारतीय
भारत सरकारको अनुदान सहयोगमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ मा अवस्थित सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको नवनिर्मित शैक्षिक भवनको उद्घाटन सम्पन्न भएको
विपद् न्युनीकरण प्रयासमा नेपाललाई निरन्तर सहयोग गर्ने हाम्रो प्रतिबद्धता अनुरुप नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृह मन्त्रालय, सिंहदरबारमा आयोजित
भारत सरकारको अनुदान सहयोगमा डोटी जिल्लाको जोरायल गाउँपालिका–४ कुण्डीकोटमा अवस्थित श्री घण्टेश्वर माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन तथा छात्रावास