रुसी हतियार किन्ने तरखरमा ईराक


एस ४०० र एक ५०० लामो दुरिका अति प्रख्यात अनि धेरै देशहरुले किनेका रुसी मिसाइल सिस्टम हो, ईराक अब यिनै मिसाइलहरु रुससंग किन्ने सोचमा पुगेको बताइन्छ ।

ईराकमा अमेरिकी ड्रोन आक्रमणमा ईरानी जनरल सोलेमानीको हत्या भएपनि अनि ईरानको ईराकमा अमेरिकी क्याम्प लक्षित आक्रमण भएपछि ईराकलाई सुरक्षा संयन्त्रमा मुख्यतया एन्टी मिसाइल डिफेन्स सिस्टम थप्न जरुरी भएको बताइन्छ । ईराकी संसदका सदस्य अनि सुरक्षा सदस्य परिषदका सदस्य पनि भएका करिम ईलाइवीले द वाल स्ट्रीटलाई दिएको अन्र्तवार्तामा अमेरिकीहरुले ईराकलाई भरपर्दो हतियार र सुरक्षा संयन्त्र दिन सँधै कन्जुसी गरेका कारणले अब ईराक स्वयमले रुससंग यी हतियार खरिद गर्ने बताएका हुन् ।
ईराकी प्रधानमन्त्रीले पनि रुस या अन्य कुनै देशसंग भएपनि यी मिसाइल संयन्त्र खरिद गर्न सहमती दिसकेको बताइन्छ । सद्धाम हुसेनको शाषनकालपछि ईराकको यो पहिलो एयर डिफेन्स सिस्टमको खरिद हुनेछ ।

लाइभमाण्डु


Loading comments...