अन्नपूर्ण क्षेत्रको हिमपहिरोमा परेर बेपत्ता पदयात्रीहरुको अवस्था अझै अज्ञात


अन्नपूर्ण पदयात्राको कास्की जिल्लामा पर्ने देउराली क्षेत्रमा शुक्रवार शक्तिशाली हिमपहिरो परेको थियो, यसमा परेर ६ जना पदयात्रीहरु हराइरहेका छन् । ति ६ मध्य ४ जना कोरियाली अनि २ जना नेपाली भएको अनुमान छ । ति पलयात्रीहरुको अझैसम्म पत्ता लाग्न सकेको छैन यद्धपी प्रतिकुल मौसमका बाबजुद उद्धार कार्य भने जारी रहेको बताइन्छ ।

जनवरी १५ मा यि पदयात्रीहरुले पदयात्रा शुरु गरेको बताइन्छ । सामान्यतया ३ हजार फिट माथि हिँउदको समयमा पदयात्रा नगर्न सुझाव दिइने भएपनि यसरी जोखिम मोलेर कसरी र किन पर्यटकलाई जान दिइयो भन्ने बिषयमा चाँही सम्बन्धीत निकायको ध्यान जान जरुरी देखिन्छ ।

पोखराबाट प्रहरीका डिएसी राम कुमार केसी ले शुक्रवार नै प्रहरी उद्धार टोली देउरालीतर्फ गएको बताएका छन् यद्धपी अझैसम्म पदयात्रीहरुको पत्ता भनें लाग्न सकेको छैन । नेपाली २ जना गाइडहरुको पनि पहिचान खुल्न सकेको छैन भनें कोरियाली नागरीकहरुको पहिचान भनें खुलेको छ ।

देउराली माथि अझै ३ जना ताइवानिज र २ जना चिनिया पर्यटक पनि पदयात्राका लागि पुगिसकेको अपुष्ट खबर भएपनि यस कुराको पुष्टि र ति पदयात्रीहरुको अवस्थाका बारेमा जानकारी आइनसकेको अवस्था छ । यसरी हिमाली भेगमा हिँउदमा पदयात्रा गर्न अनुमती दिने अनि गएका पदयात्रीहरुको जानकारी पनि स्पष्ट अनि पूर्ण नहुनुमा सरकारी पक्ष अनि पदयात्रा ब्यबस्थापन एजेन्सीहरुको लापरवाही अनि बेवास्था स्पष्ट देखिन्छ । यसरी पदयात्रीहरु यतिका दिनसम्म हराएको अनि जानकारी अपुष्ट आएका खबरहरु अन्तराष्ट्रिय स्तरमा पुग्दा यस वर्षको नेपाल पर्यटन वर्षको लक्ष्यमा केहि असर पर्ला या नपर्ला सम्बन्धीत पक्षहरुले ख्याल राख्नु पर्ने देखिन्छ ।

लाइभमाण्डु


Loading comments...