रवि लामिछानेले सफाई पाएको खुशीमा निशुल्क ट्याक्सी सुबिधा दिने युवा


दिपक भट्टराई ट्याक्सी चालक हुन अनि ९० हजारभन्दा बढि नेपाली युवाहरुको फेसबुक ग्रुप एमआरआरका सक्रिय सदस्य पनि । रवि लामिछाने पक्राउ परेका बेला नै रविको समर्थनमा दिपकले रविले अदालतबाट सफाई पाएको दिन आफूले ट्याक्सी सेवा निशुल्क दिने र त्यस सेवामा अपागं अनि असाहय र बृद्धबृद्धाहरुलाई प्रार्थमिक्तामा राख्ने बताएका थिए । हिजो रवि लामिछानेले सफाया पाए भनें आज अर्थात माघ ६ गते दिपक भट्टराईले एमआरआरमा पोष्ट गर्दै निशुल्क ट्याक्सी सेवाको जानकारी गराएका छन् ।

एमआरआर फेसबुक पेज नेपाली यूवाहरु बिच स्वदेश र बिदेशसम्मा भातृत्व, सहयोग र सद्भावनाका लागि निकै चर्चित पेज हो जस्ले असाहयहरुका लागि सहयोग जुटाउने, रक्त संकलन, राहत लगायत धेरै सामाजिक कार्यहरु युवाहरुको अग्रसरतामा गर्दै आएको पाइन्छ ।

तस्वीरहरु एमआरआरको पेजबाट
लाइभमाण्डु


Loading comments...