यूरोपमा बढ्दो ग्याङ्ग रेप अनि न्यायको कमी


फिनल्याण्डकी महिला प्रधानमन्त्रीको नियुक्तिसंगै हामीले एउटा लैगिंक समानताको यूटोपियाको परिकल्पनामा फिनल्याण्ड अनि पश्चिमा यूरोपलाई राख्यौं, तर के यहाँहरुलाई थाहा छ कि फिनल्याण्डमा नै पनि संसदमा भएको प्रमुख प्रतिपक्षि दल महिला अधिकार बिरुद्धमा खुलेर बोल्दछ अनि लैगिंक समानताका कुराहरुलाई ठाडै अस्वीकार गर्दछ भन्ने ?

एकफेर यस सन् २०१९ कै शुरुवातमा फिनल्याण्डकी शुरुवाती महिला नेतृ अन्नीका सेराको गर्भवती भएको विषयको निकै चर्चा अनि बिवाद पनि सदन भित्रै चलेको थियो । सेराकोले कार्यकालको समयमा नै बच्चालाई जन्म दिएकी हुन् । पछि यिनले हेलसीन्की टाइम्समा दिएकी अन्र्तवार्तामा स्वयमले नै फिनल्याण्डमा गर्भावस्थामा निकै लैगिंक भेदभाव हुने र कार्यालय वातावरणमा यो अत्याधिक भएको बताएकी छिन् । सन् २०१४ को एउटा अध्ययन अनुसार फिनल्याण्ड यूरोपीयन यूनियनका देशहरुमा दोश्रो ठूलो महिला हिंसा र दुव्र्यबहार हुने देशका रुपमा दर्शाएको छ ।

यो पढ्नुहोस

फिनल्याण्डकी साना मार्टिन र पाकिस्तानकी बेन्जीर भुट्टो

अब यूरोपमा बढ्दा महिला हिंसाका घटनाहरुमा सामुहकि बलात्कारको एउटा साइप्रसको घटनालाई यहाँ ल्याउन चाहन्छौं जस्ले बिश्वमा नै अहिले यूरोपको नयाँ अनुहार देखाइरहेको छ । साइप्रसको एउटा शहरमा गएकी बेलायती चेलीलाई उन्का इज्रेली प्रेमी अनि र उन्का ३० भन्दा बढि साथीहरुले सामुहिक बलात्कार गरे तर उल्टै ति महिलालाई अश्लिल गाली गरियो र कारागार चलान गरियो जबकी उन्लाई बलात्कार गर्ने यूवाहरु इज्रेल फर्कदाँ एयरपोर्टमा बेलायती महिलालाई अश्लिल गाली गर्दै स्याम्पेनको बोतल फुटाँउदै जहाजमा बसेको भिडियो देखियो ।

पछि अनुसन्धानले ति यूवाहरु एकजना ईज्रेली मन्त्रीका छोरा अनि अर्का साइप्रसका प्रभावशाली इज्रेली ब्यापारीक घरानाका यहुदीका सन्तान रहेको देखायो । यसरी यूरोपका सभ्य अनि महिलावादी भनिएका देशहरु मा नै ति बेलायती नारीलाई बलात्कार भएपछि १ महिना जेलमा राखियो, आफूमाथि बलात्कार नै नभएको भन्न लगाइयो अनि पासपोर्ट जफत गरेर छाडियो । बिश्व यो घटना सुनेर अचम्ममा छ ।
१९ वर्षिय ति बेलायती नारी अहिले मानसिक समस्या अनि निकै तनावमा बाँचिरेहकी छिन् । मलाई बलात्कार भएको छैन भनि भन्न सिकाइयो जबकी मेरो स्वास्थ चेक गर्दा ३२ वटा घाउहरु पाइयो भनेंर उनले भनेकी छिन् । पहिले मलाई मेरो प्रेमी भनाँउदोले जबरजस्ती गर्यो अनि त्यसपछि केहि मान्छेहरु मात्र मलाई याद छ, अरु त मलाई कतिले बलात्कार गरे मलाई केहि थाहा छैन, म बेहोश भएँ उन्ले बताएकी छिन् । शुरुमा उन्को रिपोर्टका अनुसार १२ जना यहुदी केटाहरुलाई स्थानीय साइप्रस प्रशासनले हिरासतमा त लियो तर जब संलग्नता पहुँचवालाहरुको भएको थाहा भयो तब उल्टै ति महिलालाई थप यातनाका साथ हिरासतमा राखियो । उन्लाई निकोसिया भन्ने
ठाँउको कारावासमा राखियो, साइप्रसले किन र कसरी बलात्कारीलाई देश छोड्न दियो भन्ने प्रश्न पनि उत्तरहिन छ ।

यूरोपमा महिला हिंसाका श्रृखलाहरुमा अन्य उदारवादी देशहरु पनि कम छैनन, फ्रान्समा नै पनि सन् २०१२ को अक्टोबर ११ मा २५ जना यूवाहरुले दुई जना महिलाहरुको सामुहिक बलात्कार गरे । बलत्कृत महिलाहरुको मुद्धाउपर सुनुवाई भयो, घटना हुँदा दौरान त्यहाँ मौजुद युवाहरुलाई पक्राउ पनि गरियो । महिलाहरुको बलात्कार प्रमाणित पनि भयो तर अदालतले पर्याप्त प्रमण कम भएकाले सबै युवाहरुलाई एक वर्ष भन्दा पनि कम सजाय भुक्तान गर्ने निर्णय गर्यो । स्मरण रहोस् फा्रन्समा बलात्कार सजायमा कम्तीमा पनि १० वर्ष कारावासको सजाय छ तर अदालतले प्रमाणको अभाव ठहर्याएर सजाय छोट्यायो । सन् २०१६ मा स्पेनमा ५ जना मान्छेहरुले १८ वर्षिय किशोरीको बलात्कार गरे, स्पेनमा यस काण्डलाई ला मनाडा भनिँयो जस्को अर्थ एक हुल ब्वाँसाहरु भन्ने हुन्छ । ५ वर्ष पछि ला मानाडाको अदालतले निर्णग गर्यो, बलत्कृतको असहमती पुष्टि नभएर बलात्कार ठहर नगरिएको भनेंर । स्पेनको समाजमा यस घटनाको असर अत्यन्त परेको छ, महिलावादी संघसंस्थाहरुको ब्यापक बिरोधका बाबजुद यो निर्णयमा पूनरावोलोकन भएन र बलात्कारीहरु छुटे । पछि एकजना बलात्कारी ले त उक्त क्रियाकलाप आफ्नो लागि रमाइलोको साधन भएको र बलात्कार गर्दा आफ्नो मन रमेको सम्म बताए ।
यूरोपको मुटु फा्रन्सको तथ्याकं यहाँ पेश गर्दै छौं । सन् २०१७ मा फा्रन्समा मात्र ६५ हजार बलात्कारका घटनाहरुमा केवल १४ हजार मात्र केस फायल गरिएको र त्यसमध्य केवल १२०० को मात्र सूनुवाई भएको पाइन्छ । सन् २०१० बाट सन् २०१९ सम्म फा्रन्समा मात्र बलात्कारका घटनाहरु ५४ प्रतिशतले बढे यद्धपि बलात्कारीलाई सजाय भुक्तान दर भनें २३ प्रतिशतले कम भयो ।

बेलायतको वेल्समा नै पनि केवल १८ प्रतिशत बलात्कृत महिलाहरुले मात्र केस दर्ज गर्ने पाइयो, सन् २०१२ देखि २०१७ मा वेल्समा १६०
प्रतिशतले बलात्कारका घटना बढे जबकी सजाय भुक्तानको दर घटेर ५२ प्रतिशतबाट ४३ प्रतिशतमा आयो । बलात्कारका घटना बढ्दा बलात्कारीलाई सजाय बट्नु सामाजिक सन्तुलन र न्यायिक र लैगिंक सन्तुलन पक्कै हैन । यूरोप पछिल्ला दिनहरुमा महिला हिंसाले आक्रान्त छ ।

सुयोग ढकाल
लाइभमाण्डु


Loading comments...