सेल्फी किङ्गको ‘जिन्दगीको के छ र भर’


आउँदो माघ २४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘सेल्फी किङ्ग’ को मर्मस्पर्सी गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शिर्ष भूमिकामा रहेका विपिन कार्कीको पीडालाई देखाईएको छ । उनले यात्रा गर्ने क्रममा भोग्ने बाहिरी पीडा र मन भित्रको पीडाको भाव विपिनको अभिनयमा देख्न सकिन्छ । ‘जिन्दगीको के छ र भर’ बोलको गीतको लिरिकल भिडियोमा सुभाष भुषालको संगीत रहेको गीतमा सुरज गैरेको शब्द, केतन क्षेत्रीको स्वर छ ।

फिल्मको निर्देशक विशाल सापकोटाले गरेका हुन् । कथा पनि उनकै हो । उनि यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्दैछन् । दिनेश राउत र सुवास थापाले फिल्मको निर्माण गरेका हुन् । यसअघि दिनेश र सुवासबीच फिल्म ‘प्रसाद’ मा सहकार्य भएको थियो । विपिनसंगै फिल्ममा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले ‘जाली रूमाल’ बोलको गीतमा अभिनय गरेकी छिन् ।

फिल्ममा बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, बिनोद पोखरेलको स्टील फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहेको छ । यसमा सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला रहेका छन् ।


Loading comments...