Lifestyle Portal
  •   २१ माघ २०७९, शनिबार

इरानले आणविक हतियार बिकास गर्नेछैनः राष्ट्रपति रुहानी

१० माघ २०७६, शुक्रबार ०८:३३

लोकप्रिय

इरानी राष्ट्रपति रुहानीले अब इरानले आणविक हतियार तर्फका कुराहरु सोच्दा पनि नसोच्ने बताएका छन् । यूरोपेली शक्तिहरुलाई सम्वोधन गर्दे उनले अमेरिकाले सन् २०१५ को आणविक हतियार सम्बन्धी सम्झौता तोडेको पनि बताएका छन् । रुहानीको वेबसाइटका अनुसार सन् २०१५ को सम्झौता अघि र पछि पनि इरानले कहिल्यै पनि आणविक हतियार बिकास नगरेको बताएका छन् । सन् २०१८ मा अमेरिकाले सम्झौता तोडेर पनि इरानमाथि गैरजिम्मेवारी रुपमा नाकाबन्दी लगाएको रुहानीले बताएका छन् । यस अभिव्यक्तिमा बारम्बार अमेरिकाले गल्ती गरेको भनिएको छ भने उनको सम्वोधन मूलतः यूरोपी राष्ट्रहरुप्रति लक्षित छ ।


फ्रान्सका राष्ट्रपतिले आफूलाई इरानमाथि पूर्ण बिश्वास रहेको बताँउदै इरानले आणविक हतियार बिकास नगर्ने कुरामा आफू ढुक्क भएको र इरानमाथिको नाकाबन्दीमा पूनरावोलोकन गरिनु पर्ने बताइसकेका छन् । अब हेरौं इरानमाथिको नाकाबन्दी कहिले समाप्त हुन्छ !

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल

कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा