कुलेश्वर विद्युत वितरण केन्द्रका चौधरीसमेत दुई जना पचिस हजार घुस सहित अख्तियारको नियन्त्रणमा


का.म.न.पा. काठमाडौं स्थित नेपाल विद्युत प्राधिकरणको कुलेश्वर विद्युत वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत कृष्ण मुरारी चौधरीले बिजुलीको पोल राखिदिने बिषयमा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले रंगेहात नियन्त्रणमा लिएको छ ।

निजहरु कृष्ण मुरारी चौधरी र बिजुलीको पोल सार्ने सम्बन्धी काम गर्ने पुरुषोत्तम दाहाललाई सेवाग्राहीसँग रु.२५,०००।– (पचीस हजार) घुस/रिसवत बापतको रकम लिंदालिदैं गर्दाको अवस्थामा का.म.न.पा. वडा नं. १४ स्थित गुडफुड तन्दुरी अगाडीबाट उक्त रकमसहित मिति २०७६।१०।०९ गते रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बेहोरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा अदुअआको आधिकारीक वेबसाइटमा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।


Loading comments...