शताब्दी पुरूषबारे मेरो अनुभूति


‘शताब्दी पुरुष’ शब्दावली ‘त्रिमूर्ति निकेतन’ संग अन्योन्यास्रित रहेको तथ्य जगजाहेर छ । यसैसन्दर्भमा प्रायःजसो प्रसंगमा आइरहने शब्दावलीहरू त्रिमूर्ति, त्रिमूर्ति दिवस, नइ प्रकाशनबाङमय युगदम्पती ‘नइ’ ( युगपुरुष नरेन्द्रराज प्रसाई र युगनारी इन्दिरा प्रसाई ) बारे पनि धेरै जना परिचित नै होला ।

केही समय अगाडि बाङमय शताब्दी पुरुष सत्यमोहन जोशी विशेषाङ्कको लागि एउटा रचना उपलब्ध गराइदिन यस पंक्तिकारलाई अनुरोध भै आएको थियो । यथा समयमा रचना उपलब्ध गराइएको पनि थियो । तर सो रचना प्रकाशित भएन । आउँदै गरेको त्रिमूर्ति दिवस (२०७६। १०। २४) उपलक्षमा त्रिमूर्ति प्रति श्रद्धाञ्जली सहित सो रचना प्रस्तुत गरिएको छ ।

परिवारसंग बाङमय शताब्दी पुरुष

सन् १९९१ देखि प्रत्येक वर्ष अक्टोबर १ तारिखको दिन मनाउंदै आएको ‘अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस’ नेपालमा पनि विभिन्न संघसंस्थाहरू मार्फत् समेत मनाउंदै आएको छ ।

The Journey to Age Equality (उमेरमा भेदभाव हटाउंदै अघि बढौं) भन्नेनाराका साथ मनाउने भन्ने छ यसपालीको ।।।अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस’ ।

लेखक: अणुराज जोशी

सबैलाई थाहा नहुन पनि सक्छ , ८८ वर्ष ८ महिना ८ दिन ८ घण्टा ८ मिनेट उमेरको साइतमा नेवारहरूको संस्कार अनुसार गरिने बूढोपास्नी हो ।।। तेस्रो ज्याःजंकू’ भनेको ।

विश्वमा हाल लगभग ७० करोड रहेको ६० वर्ष नाघेका जेष्ठ नागरिकहरूको संख्या सन् २०५० सम्ममा २ अर्ब अर्थात् विश्वकै कूल जनसंख्याको २० प्रतिशत हुने आंकलन छ । त्यत्रो जनशक्तिको उचित व्यवस्थापन गर्न सकिएन भने राष्ट्रहरूको मात्र होइन विश्वकै आर्थिक विकासमा ठूलै धक्का पुग्न सक्ने कारणले पनि जेष्ठ नागरिकहरूलाई विना भेदभाव यथोचित अवसर, यथोचित कदर, यथोचित सहयोगको व्यवस्था गर्न वान्छनीय भएकोले The Journey to Age Equality भन्ने नारा चयन गरिएको बुझ्न सकिन्छ ।

‘अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस’ मनाउनुको खास उद्देश्य जेष्ठ नागरिकहरूको स्वस्थ र सुखी तथा दीर्घजीवनको लागि जनचेतना जगाउनु नै हो भने, जेष्ठ नागरिकहरूप्रति दुव्र्यवहार रोक्न र जेष्ठ नागरिकहरूको देनहरूको कदर गर्दै तिनीहरूसंग भएको ज्ञान, गुण, अनुभवहरू बटुल्दै सम्पूर्ण मानव समाजको कल्याण हुने काममा सदुपयोग गर्नको लागि जनचेतना जगाउनुपनि हो भन्न सकिन्छ ।

यसै परिप्रेक्षमा मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेला अर्थमन्त्री भरतमोहन अधिकारीले जेष्ठ नागरिकहरूका लागि व्यवस्था गरेको बृद्धभत्ता साह्रै सह्रानीय मात्र होइन अनुकरणीय तथा अनुसरणीय रहेको छ । इतिहासको पानामा स्वर्णाक्षरले लेखिएका यी अक्षरहरू कहिल्यै मेटिन पाउनेछैन ।

सरकार चलाउने नेपालका राजनैतिक दलहरू बीच धेरै कुरामा विमतिहरू होला, पार्टी भित्रै पनि व्यक्तिविशेषहरूबीच विमतिहरू हुनसक्ला । तर, जेष्ठ नागरिकहरूप्रतिको दायित्व तथा तिनीहरूको लागि गरिने कल्याणकारी कार्यहरूमा भने एकमत रहेको नै देखिन्छ (शुरु शुरुमा देखिएका केहि असहमति बाहेक) । नेपालभित्र मात्र होइन, अहिले आएर विश्वबैंक जस्ता संघसंस्थाहरूको समेत यसप्रति सकारात्मक सोच रहेको बुझिन्छ । नेपालको संस्कार कति सुसंस्कृत र उच्चकोटीको छ भन्नेकुराको झलक दिन्छ यसले । मासिक रू १०० बाट शुरु भएको उपरोक्त बृद्धभत्ता रकम पटक पटक वृद्धि भै हाल आएर मासिक रू ३,००० पुगेको छ भन्ने जानकारी यस वर्षको वजेट भाषण मार्फत थाहा हुन्छ । यो साह्रै स्वागतयोग्य र प्रशंसनीय छ ।

जेष्ठ नागरिकहरूका लागि गरिने पुण्यकार्यमा ज्येष्ठ नागरिक सेवा संघ (नाम परिवर्तन, काल्पनिक) पनि आफ्नो गच्छे र क्षमता अनुसार निरन्तर लागिपरेकै देखिन्छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने क्रममा ‘तेस्रो ज्याःजंकू’ गरिसकेका तथा ८९ वर्ष पूरा भएका जेष्ठ नागरिकहरूलाई सामूहिक अभिनन्दन गर्ने काम पनि गर्दैआएको विदीत हुन्छ । (सबैलाई थाहा नहुन पनि सक्छ , ८८ वर्ष ८ महिना ८ दिन ८ घण्टा ८ मिनेट उमेरको साइतमा नेवारहरूको संस्कार अनुसार गरिने बूढोपास्नी हो ।।। तेस्रो ज्याःजंकू’ भनेको ।)

भाग्यमानी भन्नुपर्छ ‘स्वप्नद्रष्टा’ नरेन्द्रराज प्रसाई पनि । यिनले शताब्दी पुरुषलाई कुन हदसम्म मान, सम्मान, इज्जत गर्ने मनसुबा गरेका थिए, तीमध्ये अधिकांश मनसुबा कसैलाई केहि भन्नसम्म नपर्ने गरी पूरा हुंदैछन, एक पछि अर्काे गरी । हुनसक्छ, मेयर चिरिबाबुमहर्जनलाई त यिनले देबदूतै पो हो कि भने झैं पनि ठान्दो हो।

फेरि पनि, ‘अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस’ कै सन्दर्भमा । यसपालीको अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको दिन (अक्टोबर १ तारिख) धेरै टाढा छैन । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको उपलक्षमा ज्येष्ठ नागरिक सेवा संघले गर्दै आएकोज्येष्ठ नागरिकहरूको सामूहिक अभिनन्दन गर्ने कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीलाई विशेष अभिनन्दन गरिने तथा बाङमय शताब्दी पुरुष सत्यमोहन जोशी विशेषाङ्क निकाल्ने भन्ने जानकारी प्राप्त हुन आएको छ । सो विशेषाङ्कमा शताब्दी पुरुषको परिवारकोतर्फबाट पनि केहि अभिव्यक्ति राख्ने अवसर उपलब्ध गराइएकोमा ज्येष्ठ नागरिक सेवा संघलाई कृतज्ञताकासाथ धन्यवाद दिनुपर्ने हुन्छ ।

जेष्ठ नागरिकहरूको सामूहिक अभिनन्दनको प्रसंगमा २०७६ बैशाख ३० गतेको ऐतिहासिक दिन झलझली भैरहन्छ । बाङमय शताब्दीपुरुष सत्यमोहन जोशी १०० वर्षमा प्रवेश गरेको त्यो दिन । वर्षैभरि मनाइने ‘सत्यमोहन जोशी शताब्दी महोत्सव’ शुरु भएको अत्यन्त हर्साेल्लासपूर्ण त्यो दिन । शताब्दीपुरुष सत्यमोहन जोशीलाई जनस्तर तथा स्थानीय सरकारकोतर्फबाट धूमधामसंग अभिनन्दन गरिएको अविस्मरणीय त्यो दिन । विहान, रक्तदान कार्यक्रम संचालन भएको थियो भने पछिल्लो विहान, ११ बजे जन–सागर नै उर्लेको थियो ।

बाजागाजा सहितको अभूतपूर्व र्‍याली सहित शताब्दीपुरुषलाई वग्गीमा नगर परिक्रमा गराइयो । दिउंसो, नगर परिक्रमाको अन्त्यमा  र्‍यालीले भव्य अभिनन्दन–सभाको रूप धारण गर्याे । वेलुका दिपावली पनि मनाएको थियो । ललितपुर महानगरपालिकाभरि सार्वजनिक विदा थियो त्यो दिन ।
महानगरपालिका भवनको प्राङ्गणमा आयोजित सो अभिनन्दन–सभामा १०० वर्ष पुगेका ललितपुर महानगरपालिका भित्रका सम्पूर्ण जेष्ठ नागरिकहरूलाई पनि कहिल्यै विर्सन नसक्ने गरी सामूहिक अभिनन्दन गरिएको थियो।

हालका दिनहरूमा शताब्दीपुरुष सत्यमोहन जोशीलाई मान, सम्मान, कदर गर्ने लहर नै चलिरहेको छ । ललितपुर महानगरपालिकाले एक वर्षसम्म महोत्सवको रूपमा मनाउने कार्यक्रम रहेको भन्ने कुरा माथि उल्लेख भैसक्यो ।

त्रिमूर्ति निकेतन’ ले पाँच वर्ष पहिले नै सत्यमोहन जोशीको जीवनकालभरि प्रत्येक वर्ष उनको जन्मदिन वैशाख ३० गते शताब्दी महोत्सवका रूपमा मनाउने भनेर ऐतिहासिक निर्णय गरिराखेको छ ।

सबै भन्दा भाग्यमानी छन् सत्यमोहन जोशी, यीनले जस्तो मान सम्मान कसैले नि पाएको छैन’ भनेको पनि सुनियो । इष्र्या गर्नेहरू नि होलान्। धेरैले माया गरेको नै पाइयो । सबैलाई थाहा छ ।

भएकै कुरा हो, ललितपुर महानगरपालिकाले त केहि समय अघिदेखि एउटा गाडिको नै बन्दोबस्त गरिदिएको छ उनलाई । तर, आफ्नो लागि भन्दा समाज र राष्ट्रको लागि दुःख गरेर, मिहेनत गरेर, त्याग–तपस्या गरेर योगदान गरेबाटै यो अवस्थासम्म आइपुगेको हो सत्यमोहन जोशी । मदन पुरस्कार तीन पटक (२०१३, २०१७ र २०२८ सालको) पाएकैहो र प्रतियोगिताबाटै पाएको हो । जुम्ला जस्तो विकट दुर्गम जिल्ला पुगेर टोली नेता भै महिनौंसम्म अनुसन्धान गरेको फलप्राप्ती हो २०२८ सालको मदन पुरस्कार । जुम्ला अनुसन्धान टोलीका पाँचैजना विभिन्न विधाका विशेषज्ञहरूको पाँचवटै कृतिलाई प्रदान गरिएको थियो २०२८ सालको मदन पुरस्कार ।

चीन सरकारको काम समातेर चीन बसी बसी बिदाको समय र फुर्सदको समय एक पल पनि खेर नफाली अरनिको बारे अनुसन्धान गरी २०४० सालमा अरनिको सम्बन्धि महाकाव्य र २०४४ सालमा कलाकार अरनिको नामक शोधग्रन्थ प्रकाशित गरी राष्ट्रको लागि अमूल्य देन दिन भ्याएकै हो । सय वर्षको उमेरमा पनि कलम चलाइरहेकै छ सत्यमोहन जोशी, कसैले पनि झ्वाट्ट भ्याउन नसक्ने गरी ।

कम्ती दुःख गरेका छैनन सत्यमोहन जोशीले । नियति पनि शायद दुःख पाउनुनै थियो । सास मात्र भएको पुरातत्व र संस्कृति विभागलाई खूव चम्काए , पुरस्कारमा खोसुवापूर्जी पाए ।
कार्यक्रम चलाउंदा सधैं घाटामा गइरहने निसक्रियप्रायः प्रज्ञाप्रतिष्ठानलाई सक्रिय पारेको मात्र होइन, यथेष्ट नाफामा समेत लान सफल भएर दुनियाँको हाइहाइ पाएका उनी, ।।।अबको नियमित पजनीमा ठूलै पद मिल्ला’ भनेर हौसिइरहेका थिए होला, तर, टिकिरहन पनि दिएन त्यहाँ । यस्तै, यस्तै ।

राज्यको तर्फबाट सत्यमोहन जोशीको खासै मूल्याब्कन भएको देखिंदैन । एउटा ‘बाङमय शताब्दी पुरुष’ बाहेक के नै पाए र यिनले । त्यो पनि राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई ‘राष्ट्रकवि’ दिलाउने नरेन्द्रराज प्रसाई जस्ता ‘दूधको दूध, पानीको पानी देख्ने’ सफा हृदयका युगपुरुषको न्यायोचित पहलकदमी र अथक प्रयासहरूबाट मात्र सम्भव भएको हो । ललितपुर महानगरपालिकाले व्यवस्था गरिदिएको गाडि पनि त्रिमूर्ति निकेतनले २०७१ सालमा प्रदान गरेको ‘शताब्दी पुरुष’ उपाधिकै उपज हो भन्ने कुरामा यो पंक्तिकारलाई कुनै दुविधा छैन । भाग्यमानी भन्नुपर्छ ‘स्वप्नद्रष्टा’ नरेन्द्रराज प्रसाई पनि । यिनले शताब्दी पुरुषलाई कुन हदसम्म मान, सम्मान, इज्जत गर्ने मनसुबा गरेका थिए, तीमध्ये अधिकांश मनसुबा कसैलाई केहि भन्नसम्म नपर्ने गरी पूरा हुंदैछन, एक पछि अर्काे गरी । हुनसक्छ, मेयर चिरिबाबुमहर्जनलाई त यिनले देबदूतै पो हो कि भने झैं पनि थान्दोहो।

राज्यको तर्फबाट सत्यमोहन जोशीको सही मूल्याङ्कन भएको थियो, थिएन भनेर जानकारी प्राप्त गर्ने हो भने पुरातत्व र संस्कृति विभागमा यिनको निर्देशक पद खोसेर पदासिन गराइएका नयाँ निर्देशकको पालामा के कस्ता गहकिला काम भएको थियो भनेर केलाएर हेरे पुग्छ । अथवा प्रज्ञाप्रतिष्ठानका तत्कालीन सान्दर्भिक समयभित्रका उपलब्धीहरू लेखाजोखा गरेर हेरे पनि पुग्छ ।

प्रज्ञाप्रतिष्ठान वा त्यस्तै गरिमाय उच्चतम सुविधाका पदमा चयन गर्दा के कस्ता मापडण्दहरू अवलम्बन गर्न सकिन्थ्यो भन्ने पनि कुरा आउन सक्छ । चयन गरिने व्यक्तिले के कस्ता र कति वटा कृतिहरू लेखेका छन् , कति वटा महाकाव्य लेख्न भ्याएका छन् अथवा कति वटा मदन पुरस्कार जितेका छन् भनेर पनि हेर्न सकिन्थ्यो होला । तर त्यति मात्रै मापडण्दमा सिमित रहनेभन्ने पनि हुन सक्दैन मात्र होइन, हुनैसक्दैन । अरुहरूको त के कुरा, अति आदरणीय सर्वमान्य राष्ट्रकवि माधवप्रसाद घिमिरे जस्तो महान् व्यक्तिले त हालसम्म कुनै महाकाव्य रचना गरेर प्रकाशनमा ल्याएको छ भन्ने जानकारी ( कम्तिमा यो पंक्तिकारलाई ) छैन ।

सत्यमोहन जोशीले दशकौं अगाडि नै दुइ दुइवटा महाकाव्य पस्काइसकेका छन् राष्ट्रको लागि । यी दुइटै महाकाव्य पुरस्कृत पनि छन् । वि.सं. २०११ सालमा प्रकाशित ‘जयप्रकाश’ महाकाव्य २०११ सालमै श्रेष्ठ सिरपा पुरस्कारबाट पुरस्कृत भएको थियो भने वि.सं. २०४० सालमा प्रकाशित ‘नेपालया राष्ट्रिय विभूति कलाकार अरनिकोया श्वेतचैत्य’ महाकाव्यलाई ‘नेपाली वाङमय प्रतिष्ठान’ ले ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार’ द्वारा पुरस्कृत गरिएको थियो । तैपनि सत्यमोहन जोशीको मूल्याङ्कन कञ्जूस्याईं भएको नै देखिन्छ । राज्यतर्फबाट भएको कञ्जूस्याईंको मात्र कुरा गरिराखेको होइन, जनस्तरबाट (अझ उनकै मातृभाषा बोल्ने मातृभाषा–प्रेमी समुदायबाट समेत) भएका कञ्जूस्याईंतर्फ पनि इङ्गित गर्न खोजिएको हो । दुनियाँमा एउटा महाकाव्य लेख्ने बित्तिकै हल्ला पिटेर ‘महाकवि’ भनेर प्रचार प्रसार गरेको पाइन्छ कसैलाई भने कैयन दशक अघि नै दुइ दुइवटा महाकाव्य रचिसकेका सत्यमोहन जोशीलाई `महाकवि’ को त परै जाओस् , `कवि’ सम्मको सम्मान प्रदान गरेको नि विरलै मात्र पाइन्छ । उदार–मन गरेका एकाध व्यक्तिहरू भने नभएका होइनन्—

क) शुरु शुरुमा उनी कवि थिए, वि.सं. १९९९ साल देखि नै विभिन्न पत्रपत्रिकाहरूमा यिनको कविता, खण्डकाव्यहरू प्रकाशित भैसकेका थिए, क्रान्तिका लहरहरू मा रहेका कविताहरू प्रखर, प्रवाहपूर्ण र सशक्त छन्।

— रमेश पोखरेल, `शब्द संयोजन्’, २०६९ भदौ
(क्रान्तिका लहरहरू सत्यमोहन जोशीको २०३० मा प्रकाशित कविता संग्रह हो ।)

ख) नेपाली संसारमा एउटा सशक्त कवि, काव्यकार, अन्वेशक, संस्कृतिविद्, प्राध्यापक, नाटककार, नियात्राकार एवम् प्राज्ञका रूपमा सुपरिचित बहुमुखी व्यक्तित्वका धनी सत्यमोहन जोशीको साहित्य प्रवेश नै आफ्नो मातृभाषामा लेखिएका कविताहरूबाट भएको हो । … … … शास्त्रीय, लोक तथा मुक्त तीनैथरि छन्दलय प्रयोग गर्न सिपालु कवि सत्यमोहन जोशीको महाकवित्व भने नेपालभाषामा छर्लंगै देखिन्छ । कवि सत्यमोहन जोशीको कवित्व बहुआयामिक छ ।

निष्कर्श
१. सत्यमोहन जोशी स्वच्छन्दतावादी चेतनाका कवि हुन्।
२. सत्यमोहन जोशी जीवनवादी चेतनाका कवि हुन् ।
३. सत्यमोहन जोशी आध्यात्मिक चेतनाका कवि हुन् ।
४. सत्यमोहन जोशी प्रकृति प्रेमी कवि हुन् ।
५. सत्यमोहन जोशी राष्ट्रवादी चेतनाका कवि हुन् ।
६. सत्यमोहन जोशी मानवतावादी चेतनाका कवि हुन् ।
७. सत्यमोहन जोशी साङ्गीतिक चेतनाका कवि हुन्।
८. सत्यमोहन जोशी दार्शनिक चेतनाका कवि हुन्।
९. सत्यमोहन जोशी सामाजिक–सांस्कृतिक चेतनाका कवि हुन्।
१०. सत्यमोहन जोशी सहज सम्प्रेषणीय कवि हुन्।
११. सत्यमोहन जोशी ध्वनि तथा आलङ्करीक चेतनाका कवि हुन्।
१२. सत्यमोहन जोशी सशक्त विम्ब र प्रतीक चेतनाका कवि हुन्।
१३. सत्यमोहन जोशी भाव गाम्भीर्य युक्त कवि हुन्।
१४. सत्यमोहन जोशी स्थानीय रङ्ग उतार्ने कवि हुन्।
१५. सत्यमोहन जोशी सुधारवादी चेतनाका कवि हुन्।

— डा. शैलेन्दुप्रकाश नेपाल, `शब्द संयोजन्’, २०६९ भदौ

ग) राष्ट्रप्रेम र जाति प्रेम झल्किएको यो पुस्तक (क्रान्तिका लहरहरू) भूगोल र दर्शनले भरिपूर्ण छ , यिनका कवितामा सरलता र कोमलताको तादात्म्यता पाइन्छ , यिनको कविताको मुख्य विशेषता हो— समर्पण ।

— नरेन्द्रराज प्रसाई, `शताब्दी पुरुष सत्यमोहन जोशी’,

२०७२ (नरेन्द्रराज प्रसाई उनै महान्व्यक्तित्व हुन्जसले मरीमेटी लागिपरेर सत्यमोहन जोशीलाई जनस्तरबाट र अन्तत्वोगत्वाः २०७४ सालमा राज्यस्तरबाटै न्याय दिलाए ।)

घ) सत्यमोहन जोशीद्वारा रचित ।`नेपालया राष्ट्रिय विभूति कलाकार अरनिकोया श्वेतचैत्य’, लोकशैलीको नयाँ महाकाव्य हो । लोकशैलीका कारण मात्र होइन, उनको सिर्जनाशैलीका कारण पनि यो नौलो छ । यो महाकाव्य मात्र होइन, एउटा इतिहास हो र संस्कृति पनि । यो बौद्धदर्शनको संक्षिप्त नालीबेली हो र कलाकार अरनिकोको जीवनी पनि ।

—रमण घिमिरे, `नेपाल’ राष्ट्रिय साप्ताहिक, २०७३ साउन २

ब) `नेपालया राष्ट्रिय विभूति कलाकार अरनिकोया श्वेतचैत्य’ एउटा नयाँ शैलीको मौलिक महाकाव्य हो, एउटा उत्कृष्ट कृति हो, साहित्यिक उत्कृष्टताका साथै एउटा उटकृष्ट अन्वेषणात्मक कृति हो । यो कृति नेपालभाषा साहित्यका लागि तथा नेपालकै लागि एउटा उल्लेखनीय उपलब्धि पनि हो ।

—प्रो. माणिकलाल श्रेष्ठ, `नेपाल संस्कृति’, ने.सं. १११८ थिंला (वि.सं. २०५४ पुष)

च) दुइ दुइवटा महाकाव्यका रचनाकार सत्यमोहन जोशीलाई पनि महाकविहरूको पंक्तिमा एउटा स्थान दिनु पर्ने देखिन्छ ।

—मदन सेन वज्राचार्य, `सत्यमोहन जोशीया जीवनी’, २०५१

छ) सत्यमोहन जोशीलाई कहिल्यै महाकवि भनेको पाइन्दैन, वास्तवमा साहित्य क्षेत्रमा ।।।श्वेतचैत्य’ जस्तो महाकाव्यदेखि लिएर प्रचुर मात्रामा अन्य फुटकर काव्यहरू पनि सिर्जना गर्दै आएका व्यक्तित्व हुन उनी ।

— डा. चुन्दा वज्राचार्य, `नेपालभाषा टाइम्स’, २०७६ वैशाख २७

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको वि.सं. २०४० सालमा प्रकाशित `नेपालया राष्ट्रिय विभूति कलाकार अरनिकोया श्वेतचैत्य’ महाकाव्यबारे अझै प्रसङ्ग जोडौं । नेपालभाषा (नेवारी) मा लेखिएको यो महाकाव्य `नेपाली वाङमय प्रतिष्ठान’ बाट `महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार’ द्वारा पुरस्कृत छ , र, यो महाकाव्य अंग्रेजी र नेपालीमा अनुवाद भै प्रकाशनमा आइसकेको छ । अंग्रेजी अनुवाद वि.सं. २०६० साल तिर The Lasting Gift नामले प्रकाशित भैसकेको थियो भने नेपाली अनुवाद अरनिकोकृत श्वेतचैत्य वि.सं. २०७२ मा प्रकाशित भएको थियो । खुशीको कुरा, अहिले आएर चिनियाँ भाषामा पनि अनुवाद हुन लागेको भन्ने सुन्नमा आएको छ । हालसालै मात्र, फरक शीर्षक र फरक किसिमको अंग्रेजी अनुवाद पनि फरक अनुवादकको नाममा प्रकाशनमा आएको छ । (यो फरक अंग्रेजी अनुवाद गर्ने अनुवादक महोदयद्वारा आफ्नो अनुवादग्रन्थको `अनुवादकीय’ अन्तर्गतकोपृष्ठमा प्रस्तुत गरिएको अनुवादकको भनाइ रहस्यपूर्ण छ । यथा समयमा रहस्योद्घाटन हुने अपेक्षा छ ।)

सारांशमा, सय वर्ष उमेरका सत्यमोहन जोशी दुःखमै पनि हिम्म्त नहारी रमाउन खोज्ने, भरजन्म सत्कार्यमा लागिरहन चाहने अत्यन्त क्रियाशील अद्वितीय व्यक्तित्व हुन । उनको बूढेसकालको घरायसी जीवन पनि नाजुक नै छ । घरमा आफूभन्दा मात्र ४ वर्षले कम उमेरका बेसहारा श्रीमती बाहेक कोही बस्दैनन्। स्वदेशमैभएका जेठो उमेरका तीन सन्तानमध्ये सबभन्दा कम उमेरकाको उमेर नै सात दशकको हाराहारीमा छ । तिनीहरूभन्दा कम उमेरका अरु तीन सन्तान सबै विदेशमा छन्। त्यसैले आफ्ना सन्तानहरूबाट केहि अपेक्षा राख्ने अवस्था छैन ।

राष्ट्र कै बा–आमा भएर जीवन चलाइरहेका छन् सत्यमोहन जोशीहरू । समय समयमा विभिन्न संघसंस्था, व्यक्तिहरूबाट प्राप्त भैरहने मान, सम्मान नै उनीहरूको लागि जीवन जिउने सञ्जीवनी आधार भएको छ । यसै परिप्रेक्षमा, निकट भविष्यमा ज्येष्ठ नागरिक सेवा संघ ले गर्न लागेको अभिनन्दन साह्रै भरोसापूर्ण सहयोग हुनेछ भनेर अपेक्षा राख्न सकिन्छ । ज्येष्ठ नागरिक सेवा संघ ले यस्तो पुण्य कार्य अझ राम्रो गर्न सकोस्। ज्येष्ठ नागरिक सेवा संघ को जय होस्। ज्येष्ठ नागरिकहरूको कल्याण गर्ने सबैको जय होस्।

(लेखक अणु राज जोशी वाङमय शताब्दी पुरूष सत्यमोहन जोशीका जेठा छोरा हुनुहुन्छ)


Loading comments...