कोरोना भाइरसबाट कसरी बच्ने ?


बिश्वभरि सयौंको संख्यामा संक्रमण भइसकेको यस कोरोना भाइरसको रहस्यमयी संक्रमणले बिश्वभरि दुई दर्जन भन्दा बढिको मृत्यु भइसकेको छ । यो महामारी बढ्दो छ, अमेरिका, कोरिया, थाइल्याण्ड, दुबई, यूरोपसम्म देखापरिसकेको यो संक्रमण नेपालमा पनि देखापरिसकेको छ । यसबाट जोगिने कसरी त भन्ने बिषयमा सीएनएनको एउटा सचेतनामुलक आलेख अनुवाद गर्दै छौं ।
एयरपोर्टहरु यस भाइरसको संक्रमण नबढोस भनेंर थर्मल क्यामरा राखेर मान्छेहरुको तापक्रम नियाल्दै संक्रमीतहरुको संभाव्य आवागमन रोकिरहेको छ, देशहरु आफ्नो स्वास्थ सेवा प्रदायकलाई बलियो बनाँउदै अघि बढिरहेका छन् भनें हामीले आफूले आफूलाई संक्रमणबाट जोगाउन चाँही के गर्ने भन्ने कुरा बुझ्न जरुरी छ ।

रुघा खोकी लागेको मान्छेहरुको सकेसम्म सम्पर्कमा नजाने एउटा उपाय हो किनभनें यस भाइरसले रुघाखोकी लगाउने अनि पछि गम्भीर स्वास्थ समस्यामा पार्ने, श्वासप्रश्वासमा ठूलो समस्या ल्याउने अनि मृगौला लगायतका अगंहरु पनि फेल गराउने गर्दछ । बैज्ञानीकहरुका अनुसार यस भाइरस पहिले जनावरमा प्रयोग भएर बिकास भएको अनि मान्छेहरुमा सरेको बताइन्छ, यसअर्थम जनावरहरुसंग निकट रहनुपर्ने मान्छेहरुले बिशेष सावधानी अपनाउनु पर्ने हुन्छ ।

मासु र अण्डाहरु खाँदा राम्ररी पकाएर खानु पर्ने जरुरी देखिन्छ । रुघाखोकी लागेका या लाग्न आँटेका अनि सुख्खा खोकी भएकाहरुले पनि जनावरको संसर्गमा नजान अनुरोध गरिएको छ, वासिंगटन राज्य अमेरिकाका स्वास्थ सचिव डाक्टर जोन वाइजम्यानले चाँही सामान्य अरु रुघाखोकीबाट जोगिए झैं कोरोनाबाट जोगिनु पनि त्यस्तै भएको बताएका छन् । अमेरिकी सरकारले भनें कम्तिमा २० सेकेण्ड चाँही साबुनपानीले हात धुनुपर्ने र हात समयसमयमा सफा गरिरहनु पर्ने कुरालाई प्रवर्धन गरिरहेको छ । रुघाखोकी लागिसकेकाले चाँही आफ्नो वरपरका सामानहरु र अरुहरुलाई पनि आफ्नो खोकी या सिंगानको छिटा नपर्ने गरि सावधानी पूर्वक मुख छोप्नका लागि अनुरोध गरिएको छ । सर्जिकल मास्क लगाउन अमेरिकी सरकारले जनताहरुलाई आव्हान गरेको छ । हामी नेपालीहरुले पनि यिनै उपायहरुमा आधारित रहनुपर्ने देखिन्छ भनें अहिले सकेसम्म बिदेशी भ्रमणलाई रोक्ने र जानै परेमा सावधानी पूर्वक अनि मास्क लगाएर हिँड्नुपर्ने आवश्यक्ता पाइन्छ ।
लाइभमाण्डु


Loading comments...