
कोरोना: हङकङको सार्वजनिक यातायातमा आंशिक बन्देज, वुहानबाट आफ्ना नागरिक सकुशल निकाल्ने अमेरिकाको तयारी
चीनको समुन्द्री खानाहरु निर्यातका लागि सर्वाधिक नाम चलेको शहर वुहान शहरवाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका धेरै राष्ट्रहरुमा देखिने क्रम जारी छ । अहिलेसम्म चीनमा चार हजार पाँच सय (४५००) जना व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण देखिएका छन् भने एक सय (१००) भन्दा बढीको मृत्यू नै भइसकेको छ । सिंगापुरले सातवटा घटनाहरूको पुष्टि गरिसकेको छ ।
त्यस्तै हङकङले समेत कोरोना संक्रमणलाई मध्यनजर राख्दै आन्तरीक तथा वाह्य रेलवे सेवा बन्द गरेको छ भने, बस सेवाहरू घटाउनुको साथै नियमित उडानलाई समेत आधा घटाएर मुख्य भूमिका साथ सीमापारको यात्रालाई अत्यधिक कटौती गर्ने निर्णय भर्खरै गरेको छ ।
BREAKING: Hong Kong government to deny entry to all mainland tour groups and individual travellers in bid to contain coronavirus https://t.co/hf5wW1TSOQ
— SCMP News (@SCMPNews) January 28, 2020
नयाँ वर्षमा पर्यटकीय साइटहरु बन्द गरेर, आवागमन रोकेर अनि ६ दिनमा १० हजार बढिको उपचार गर्न सकिने अस्पतालको महत्कांक्षा साकार पार्दै चीन यस भाइरसको संक्रमण बिरुद्ध लड्न कटिवद्ध छ । उत्तर अमेरिका, एसिया, यूरोप लगायत धेरै महादेशका देशहरुमा यस संक्रमण देखिएको छ ।
कोरोना भाइरसको इपिसेन्टर वुहानमा संक्रमण फैलिन थालेपछि अमेरिकी विदेश विभागले सरकारी कर्मचारी तथा त्यहाँस्थित आफ्ना अमेरिकी नागरिकलाई सम्भावित प्रकोपको कारण त्यहाँबाट सकुशल निकाल्ने तयारी गरिरहेको छ। सीडीसी – The Centers for Disease Control and Prevention (CDC) ले चीनमा “अनावश्यक यात्रा” नगर्न सल्लाह दिएको छ ।
As the Wuhan coronavirus continues to spread, the US State Department is preparing to evacuate government personnel and private American citizens from Wuhan, the epicenter of the outbreak. The CDC advises avoiding “nonessential travel” to China https://t.co/Ucr2X92olv
— CNN (@CNN) January 28, 2020
अष्ट्रेलीयाले अहिलेसम्म २५ वटा यस भाइरसका केसहरु पुष्टि गरेको छ । चीनवाट मेलवर्न आएको उडानमा एकजना सदस्य लगायत उक्त जहाजका केहि अरुहरुमा यस संक्रमण पाएको चीनले बताएको छ । उता सिड्नीमा पनि एउटा संक्रमीत फेला परेको खबर छ ।
उता हङकङमा अहिलेसम्म ६ जनामा भाइरस संक्रमण पुष्टि भएर ३८० भन्दा बढिमा शंकास्पद रुपमा संक्रमण जाँच गराइसकेको बताएको छ । यस भाइरसको संक्रमणमा यूरोपको पहिलो देश फा्रन्सले ३ वटा केसहरु भेटाएको बताएके पाइयो, एकजना ४८ जना मान्छे बोरडियूस अस्पतालमा रहेका र उनी चीनवाट उडानमा आएका फ्रान्सले बताएको हो । ति व्यक्ति नेदरल्याण्ड्स हुँदै फ्रान्स आएका हुन्, तसर्थ नेदरल्याण्डमा पनि संक्रमणको जोखिम रहेको छ । जापानको एनएच के टिभीका अनुसार अहिलेसम्म ४ वटा संक्रमणको केस पाइएको हो, यो पनि चीनबाट उडानमा आएका व्यक्तिहरुमा पाइएको बताइएको हो । मलेसीयाले पनि जनवरी २५ सम्म ४ वटै केसहरुको पुष्टि गरेको छ । नेपालले भने हुवानबाट आएका नेपालीमा एउटा केस देखापरेको बताएको छ उनलाई अहिले उपचारार्थ राखिएको छ । नेपालले विमानस्थलमा स्वास्थ जाँचमा कडाई गरेको पनि बताइएको रहेछ ।
सिङ्गापुर, ताइवान, अमेरिका र दक्षिण कोरियामा ३ केसहरु, थाइल्याण्डले ५ अनि भियतनामले २ केसहरु पुष्टि गरिसकेको छ भने श्रीलंकामा समेत १ जना संक्रमित देखिएको छ ।