
चर्चित भारतीय स्ट्याण्ड अप कमेडियन काम्रालाई भारतिय विमानसेवाद्वारा उडान प्रतिबन्ध
१६ माघ २०७६, बिहीबार ०९:०२
भारतका केहि विमामानसेवाले एकजना चर्चित भारतीय स्ट्याण्ड अप कमेडियनलाई आफ्ना उडानहरुमा प्रतिबन्ध लगाएका छन् । ति कमेडियनलाई राइट विगं टिभी कार्यक्रम प्रस्तोता जो सत्तारुढ पार्टी भारतीय जनता पार्टीसंग अत्यन्त निकट छन्, तिनलाई दुब्र्यबहार गरेको आरोप छ ।
कुनाल काम्रा नामक यि कमेडियनले आफ्नो ट्वीटरमा २ मिनट लामो भिडियो पोष्ट गरे जस्मा यिनले रिपव्लीक टिभीका प्रधान सम्पाद क अर्नब गोस्वामीलाई आरोप लगाँउदै तर्कहरु राखे । यिनले मुम्बई लखनउ द्वन्द्वको समयमा अर्नवका भूमिकाहरु उक्काँउदै अर्नवलाई “एउटा बेवकुफ हौ या राष्ट्रवादी” भनी प्रश्न गरेका थिए ।
I did this for my hero…
I did it for Rohit pic.twitter.com/aMSdiTanHo— Kunal Kamra (@kunalkamra88) January 28, 2020
यो भिडियो भाइरल भयो तर त्यसका साथै कुनाल काम्राले उडान भरेको ईण्डिगो एयरलाईन्सले ट्विट गर्दै विमानसेवा लगायत धेरै अन्य कुराहरुमा प्रतिबन्ध लगाउने निर्णय लियो । लगत्तै भारतिय झण्डावाहक इण्डियन एयरलाइन्स लगायत अन्य दुइ निजी विमानसेवा कम्पनी स्पाइस जेट र गो एयरले पनि काम्राको उडानमा प्रतिबन्ध लगाएको छ ।
In view of the incident onboard @IndiGo6E, JetAirways wishes to inform that conduct of Person concerned is unacceptable. To discourage such behavior onboard flts, Mr Kunal Kamra is suspended from flying on any Jet Airways flt until further notice @HardeepSPuri#JetAirways
— JetAirways Consumers (@JetAirwaysConsm) January 28, 2020
हुन त गोस्वामी पनि भारतमा खरो टिभी छलफल चलाउने, हाकाहाकी पाहुनाहरुलाई सटायर हान्ने, आरोप लगाउने र चर्काचर्की गराउने टिभी प्रस्तोता हुन्, एकफेर पाकिस्तान बिरुद्ध भारतको यूद्ध भनी टिभीबाटै घोषणा गरिदिएका गोस्वामी यति शक्तिशाली छन् कि अर्को प्रतिस्पर्धि टिभी च्यानलले एउटा डकुमेन्ट्री प्रसारण गरेकै कारणले सरकारको सहायतामा त्यो च्यानल नै बन्द गरिदिएको आरोप उनिमाथी छ ।
गोस्वामीको यिनै प्रभावका कारण कुनाललाई विमानसेवाले रोक लगाएको बताइन्छ, अब हेरौं एउटा टिभी प्रस्तोता र कमेडियनमा जित कस्को हुन्छ ?
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारत सरकारको अनुदान सहयोगमा तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ । भारतीय
भारत सरकारको अनुदान सहयोगमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ मा अवस्थित सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको नवनिर्मित शैक्षिक भवनको उद्घाटन सम्पन्न भएको
विपद् न्युनीकरण प्रयासमा नेपाललाई निरन्तर सहयोग गर्ने हाम्रो प्रतिबद्धता अनुरुप नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृह मन्त्रालय, सिंहदरबारमा आयोजित
भारत सरकारको अनुदान सहयोगमा डोटी जिल्लाको जोरायल गाउँपालिका–४ कुण्डीकोटमा अवस्थित श्री घण्टेश्वर माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन तथा छात्रावास