
भारतमा कन्हैया कुमार पक्राउ लगत्तै केही बेरमैं रिहा
१६ माघ २०७६, बिहीबार १५:४३
जवाहरलाल बिश्वविधालयका छात्रसंघका पूर्व अध्यक्ष अनि भारतका चर्चित युवा नेता कन्हैया कुमारलाई आज भारतीय प्रहरीले पक्राउ गरेको छ । उनी बिहारको बेतिया जिल्लाको भितिहरवा आश्रम भन्ने ठाँउमा संविधान बचाओ नागरीकता बचाओ भन्ने र्याली कार्यक्रमको उद्धघाटन गर्ने तयारीमा थिए । यो र्याली २९ फेब्रुअरीसम्म पटनाको गान्धी मैदानमा सकिने गरि तय गरिएको थियो तर कन्हैया कुमारलाई र्यालीको शुरु दिन नै पक्राउ गरिएको हो । पश्चिम चम्पारण प्रशासन अनुसार कन्हैया कुमारलाई यसरी सार्वजनिक कार्यक्रम गर्ने अनुमती दिइएको थिएन तर उनले कार्यक्रम गर्ने नै भएपछि प्रशासनले जबरजस्ती यिनलाई समातेको हो ।
#KanhaiyaKumar, who was on leading a constitution save rally has been detained in #Bihar's Bettiah.https://t.co/k95e7u9CrK
— Deccan Herald (@DeccanHerald) January 30, 2020
कन्हैया कुमारलाई भड्कीलो भाषण गर्ने आरोप पनि छ, भर्खरै शरजील ईमामलाई सरकारलाई पक्राउ गरे पनि अनुराग ठाकुरलाई चाँही किन पक्राउ गर्न नसकेको भनी कन्हैयाले दिएको भाषण भाइरल भएको थियो । यिनी हाकाहाकी केन्द्रिय सरकारको आलोचना गर्न सक्ने यूवा नेता हुन् । यिनलाई नागरीकता संशोधन ऐनका बिषयमा अनावश्यक बोलेर “बलेको आगोमा तेल थपेको” आरोप लगाएको पाइन्छ । केहि समय पक्राउ गरेर हिरासतमा राखेपछि कन्हैयालाई प्रशासनले रिहा गरेको छ । यिनको पक्राउ पछि नागरीकता बिधेयक बिरुद्धको र्याली पूर्णरुपमा बन्द भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यवयसायिक सम्झौता भएको छ । २०७९ असार ७ गते
भारतका माननीय रेल मन्त्री र माननीय पर्यटन मन्त्रीले आज संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई भारत र नेपाल जोड्ने
भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले यही मिति २०७९ जेठ ३१ देखि असार २ गते सम्म काठमाडौं भ्रमणका
भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको श्रीफौद सिंह जनता मावि, लालबन्दी नगरपालिका–१७, रानीगञ्ज, सर्लाही जिल्लाको दुईतले भवनको उद्घाटन सम्पन्न भएको