
मक्का पुग्ने पाकिस्तानकी ‘पपस्टार’
१७ माघ २०७६, शुक्रबार १३:५८
रवी पीरजादा पाकिस्तानकी एक जमानाकी बहुतै चर्चामा रहेकी पपस्टार हुन् । आफ्ना खुला स्टाटस, तस्वीर अनि भिडियोहरुको विवादमा सधैं आइरहने पीरजादा पाकिस्तानकै इस्लामीस्ट समूहहरुको पनि दवाब र धम्कीमा थिइन यद्धपी भर्खरै यिनले आफ्ना तय गरेको सबै कार्यक्रमहरु छाडेर मक्कामा तिर्थयात्राका लागि गएको तस्बीरहरु पोष्ट गरेकी छिन् ।
Zyarat of previous doors and “gumbad” of masjide nabvi. Please recite darood shareef once you see this post. Jumma mubarak
مسجدِنبوی کا پرانا دروازہ اور گنمبد ۔ اس کو دیکھ کر درور شریف ضرور پڑھیں۔ جمعہ مبارک
Hamd download https://t.co/uLNKXLWzxh pic.twitter.com/WOjhKA3bOX— Rabi Pirzada (@Rabipirzada) January 31, 2020
मैले सोचे कि जुन कुरा मुस्लिमहरुले थाहा पाउनुपर्दछ मैले ति कुराहरु साझा गरिरहें । भोली मदीना जाँदैछु । अल्लाह मलाई सदा यस्तै राखिरहनुहोस् । म तपाईं सबैको लागि प्रार्थना गर्दछु जसले मलाई मेरो नयाँ जीवनमा समर्थन गर्नुभयो ।
हामीले हाम्रो धार्मिक परम्परालाई देखाउन जान्नुपर्दछ भनी पवित्र मक्का शहरबाट यिनले ट्वीट गरेकी थिइन । काव्काको ग्राण्ड मोस्क अगाडिको तस्बीरमा यिनले आफू एउटा कलाकार भएको, पेन्टीङ गर्ने गरेको, तस्बीर खिच्ने गरेको तर यस्तो राम्रो आकृति आफूले जीवनमा कहिल्यै नदेखेकी लेखेकी छिन् । पाकिस्तानमा धेरै चर्चामा रहेको शोबिज कार्यक्रम यिनले चलाउँदैआएकी थिइन् । तर पछिल्ला समयमा यिनका केहि व्यक्तिगत भिडियोहरु लीक भएपछि यिनी झनै विवाद र आरोपको दैलोमा तानिएकी हुन् ।
यस भिडियो काण्डपछि अर्को भिडियो निकालेर ३० वर्षिय पीरजादाले आफ्नो गल्ती चाँही सर्जक र आफू बिचमा भएको र यस कुरामा सबैलाई माफी दिने सर्जकले आफूलाई पनि माफी दिनेछन् भनी बोल्ड स्टेटमेन्ट दिएकी थिइन । पीरजादा निडर र हाकाहाकी बोल्न सक्ने एक पाकीस्तानी महिला पनि हुन् यद्धपी पछिल्ला वर्षहरुमा यस्तै एकजना अभिनेत्री बालोचको अनर किलिग भएकाले पीरजादाको बिषयमा पनि यिनका फ्यानहरु त्रसित थिए ।
उक्त भिडियो लीक गरेकोमा पाकिस्तानको संघीय अनुसन्धान एकाई समक्ष यिनले केस फाइल गरेकी छिन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यवयसायिक सम्झौता भएको छ । २०७९ असार ७ गते
भारतका माननीय रेल मन्त्री र माननीय पर्यटन मन्त्रीले आज संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई भारत र नेपाल जोड्ने
भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले यही मिति २०७९ जेठ ३१ देखि असार २ गते सम्म काठमाडौं भ्रमणका
भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको श्रीफौद सिंह जनता मावि, लालबन्दी नगरपालिका–१७, रानीगञ्ज, सर्लाही जिल्लाको दुईतले भवनको उद्घाटन सम्पन्न भएको