
कमेडियन काम्राको उडान प्रतिबन्ध बिषयमा एयर इन्डीगोका पाइलटको पत्र
१७ माघ २०७६, शुक्रबार १५:५८
भारतमा सरकारपक्ष संग अत्यन्त निकट मानिएका पत्रकार अर्नब गोस्वामी भारतीय पत्रकारिता अनि पहुँचमा निकै अब्बल मानिन्छन् । अर्नब गोस्वामी लाई बिरोध गरेको आरोप लागेका कमेडियन काम्रालाई भारतका केहि बिमनसेवाहरुले प्रतिबन्ध लगाएको समाचारले निकै चर्चा पाइरहेको छ, यस अघि अर्नव गोस्वामीको टिभी कार्यक्रमको बिरोध गर्ने अर्को एउटा च्यानललाई नै अर्नवले सरकारमार्फत बन्द गराइदिएका थिए ।
Only fair to place on record @IndiGo6E Captain Rohit Mateti’s version of the @kunalkamra88 / Arnab episode. Here goes his internal email : pic.twitter.com/zt9QPgC0GP
— Tarun Shukla (@shukla_tarun) January 30, 2020
मुम्बई लखनउ फ्याइटका कमाण्ड गर्ने क्याप्टेन रोहित मटेटीले काम्राका बिषयमा लेखेको पत्रले अहिले निकै चर्चा पाइरहेको छ । उनका अनुसार काम्राले गोस्वामीलाई गरेको जस्तो सुकै ब्यवहार भएतापनि काम्रालाई उडानका लागि अयोग्य ठानिने उडान कर्मचारीको कुनै अधिकार रहदैन । उडान पूर्वका कुराहरुमा बनाइने सूचीका आधारमा रोहितले इण्डीगोलाई लेखेको पत्रमा काम्राले गोस्वामीलाई गरेको ब्यवहारका आधारमा उनीमाथि उडान प्रतिबन्ध लगाउन नमिल्ने बताएका छन् । काम्राले बताएका विवरणहरु र रोहितका विवरणहरु मेल खान गएका छन्, काम्राले पनि पटक पटक उडानमा आफूलाई प्रतिबन्ध नलगाउन क्रु मेम्बरलाई अनुरोध गरेको बताएका थिए, रोहितका अनुसार पनि उडानमा काम्रालाई रोक्ने कुनै आधार भने इण्डीगो बिमानसेवासँग थिएन ।
चर्चित भारतीय स्ट्याण्ड अप कमेडियन काम्रालाई भारतिय विमानसेवाद्वारा उडान प्रतिबन्ध

पाइलट रोहित माटिटिले इण्डीगोका चिफ पाइलट राहुल पाटिललाई यस पत्र लेखेका थिए । मेरो बिमानसेवाले केवल सामाजिक सञ्जालका पोष्टहरुका आधारमा निर्णय लिएको मा म दुख्खी छु किनभनें म त्यस जहाजको क्याप्टेन नै भएको भए पनि मलाई भनें बिमानसेवाले केहि सोधेन । काम्राले पटक पटक माफी मागे र उनको ब्यवहार पनि बिमानको आचरण प्रभावित गर्ने र नियम तोड्ने खाले थिएन ।
इण्डीगो लगायत अन्य गो एयर, एयर इण्डीया अनि स्पाइस जेटले पनि ६ महिनासम्म काम्रालाई प्रतिबन्ध लगाएका र यस्मा नागरीक उड्ययन मन्त्री हरदीप पुरीको पनि संलग्नता थियो । पाइलट रोहितको यस पत्रले सबै विमानसेवा अनि मन्त्रीलाई नै पनि समान्य कुराको अनावश्यक राजनितिकिकरणको आरोप लागेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा