हो म ‘विर्य डोनर’ हुँ


चलचित्र ‘विक्कि डोनर’मा त मैले वयस्क अनि उत्तेजीत तस्वीरहरु टाँसेको देखेको थिँए तर त्यहाँ त एउटा वाथरुम थियो अनि मेरो नाम लेखिएको एउटा भाँडो । पहिलो पटक म धेरै अस्वभाविक महशुस गर्दै थिँए, आफ्नो कोठामा हस्तमैथुन गर्नु र त्यहाँ गर्नुमा धेरै फरक थियो । त्यहाँ ऐना, पानीको सुविधा अनि राम्रो सरसफाई थियो । मेरो उमेर २२ वर्षको हो र म इन्जिनियरिगंको बिधार्थी हुँ । मैले यसरी विर्यको पनि पैसो आँउछ भन्ने सोचेको थिइन, एकफेर पत्रिकामा पढेको भएकाले म यहाँ बुझ्न आँए । यहाँ एकपटक विर्य दान गरेको मलाई ४०० भारतीय रुपैयाँ दिइयो । २५ वर्ष भन्दा कम उमेरको मान्छेलाई मात्र विर्य दानको लागि उपयूक्त मानिने रहेछ । मेरो पहिले गर्लफ्रेण्ड थिइन तर अहिले छैनन । यदि गर्लफ्रेण्ड भए भने पनि म यो कुरा बताँउदिन तर बिवाहपछि श्रीमतीलाई म यो बताउनेछु । मेरो बिचारमा गर्लफ्रेण्ड धेरै दबाब दिने प्रवृतिका हुनसक्दछन् तर श्रीमती चाँही मेरो पढेलेखेकै अनि बुझ्ने नै हुनेछिन भन्ने मलाई बिश्वास छ । म मेरी श्रीमतीलाई यो कुराहरु पक्का बताउनेछु ।


म जुन सानो शहरबाट आँए त्यहाँ विवाहपूर्व सम्बन्ध बनाउन उचित मानिदैन, अहिले मलाई गर्व लागेको छ किनभने मेरो देशमा धेरै जोडीहरु विर्यको क्षमतामा ह्रास आएर मातापिता बन्न सकिरहेका छैनन अनि मेरो योगदानले उनीहरुको जीवनमा खुशी आइरहेको छ ।

दिल्लीको जुन ठाँउमा म बस्दछु त्यहाँ नजिकै विर्यदान केन्द्र रहेको छ । मैले बुवाआमालाई यो बताउन सकेको छैन तर साथीभाईहरु बिच यो सामान्य कुरा भएको छ । विर्यको मूल्य पारिवारिक अवस्था, व्यक्तित्व लगायतका कुराहरुले निर्धारण गर्नेरहेछ, अग्रेजी बोल्न जान्नेको विर्यको मुल्य पनि बढि हुने रहेछ । विर्यको मुल्य निर्धारणमा पढाई अनि अंग्रेजी भाषाको सम्बन्ध के हुन्छ मैले बुझेको छैन । मलाई यति थाहा छ कि मेरो जीवनभर विर्यदाताको परिचय मसँग रहने छैन किनभने जिवनभर विर्य पनि त हुनेछैन । यदि विर्य दान लज्जास्पद हो भने हस्तमैथुन पनि लज्जास्पद हो तर म यो मान्दछु कि यी दुबै कुराहरु लज्जास्पद हैनन ।

स्रोतः BBC हिन्दिको भिडियो सामाग्रीबाट अनुवादित


Loading comments...