भारत केवल हिन्दुहरुको देश हो भन्दै गोली चलाएका एक युवा


भारतमा नागरीकता शंशोधन बिधेयकको आगमन संगै धेरै बिरोध अनि धर्नाहरु भइरहेका छन्, यि बिरोधहरु भारत भित्र अनि भारत बाहिर पनि निकै चर्को रुपमा भइरहेका छन् भनें आधूनिक भारतमा धर्मपरोक्ष बिवादहरु पनि आइरहेको पाइन्छ ।
केहि दिनअघि मा दिल्लीमा नागरीकता बिधेयकको बिरोधमा भएको एउटा सभामा एकजना किशोरले बन्दुक चलाए, उनी नागरीकता बिधेयकको समर्थनमा रहेको र गैरहिन्दुहरुको सभा भएका कारणले आफुले नागरीकता बिधेयक बिरुद्धको र्यालीमा गोली चलाएको बताएका थिए ।

नयाँ दिल्लीको सहिन बाग चाँही यस बिधेयकको बिरोध गर्ने मुख्य थलो भएको छ यद्धपि यहि थलोमा केहि दिन अघि एकजना किशोरले बन्दुक चलाए तर कसैलाई गोली भनें लागेन । नागरीकता बिधेयकले भारतको संविधानको मर्मम रहेको धर्म निरपेक्षता माथि कुठाराघात गर्दे मुसलमान समुदायलाई बिभेद गरेको आरोप छ ।

सहिन बागमा नै महिलाहरुको मात्र बिरोध सभा चलिरहँदा एकजना किशोरले भारत केवल हिन्दुहरुको देश हो र हिन्दुत्वको बिरोध गर्ने कसैलाई पनि नछाड्ने भन्दै गोली चलाएका थिए । यस्ता जडसुत्रवादी युवाहरुको धर्मप्रतिको भड्काउ ब्यवहारले भारतलाई थप धार्मिक द्धन्दमा लाने त हैन भन्ने तर्क पनि छ । कपिल गुज्जर नाम गरेका यि किशोरले गोली चलाउन अगाडि जय श्री राम भनी कराएका थिए अनि त्यसपछि भारत केवल हिन्दुहरुको देश हो भनी गोली चलाएका थिए । दिल्ली बाहिरका दल्लापुरा गाँउका यि गुज्जरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लाइभमाण्डु


Loading comments...