वेलायतमा हतियार मेला


आगामी महिनाका लागि बेलायत सरकारले आफ्नो देशमा अन्य वर्ष झैं हतियार मेला आयोजना गर्ने भएको छ । यसअघि लण्डनका मेयरले यो मेलालाई लण्डनमा आयोजना हुन नदिने भनेंका अडानहरुले निकै चर्चा पाएको थियो । यस मेलामा बिश्वभरिका हतियार कम्पनीहरु आआफ्ना हतियारका उत्कृष्ट नमुना, रेन्ज अनि क्षमताको प्रर्दशन गर्न आउने गर्दछन् । हतियार, साधनहरु अनि फाइटर बिमानहरु सम्म यस मेलामा प्रदर्शन गरिन्छ, बिश्वको यो एकमात्र अनि सर्वाधिक ठूलो हतियार मेला हो ।


साउदी मुलका पत्रकार खग्गोशीको हत्याको सुराकीमा संलग्न ईज्रेली कम्पनी जो भर्खरै अमेजनको सिइयो जेफ बेजोसको फोन ह्याक काण्डमा पनि साउदीसंग संलग्न थियो, उक्त कम्पनी स्पाइवेयर चाँही यस मेलाको सर्वाधिक ठूलो प्रायोजक हुने भएको छ ।

सर्भिलियन्स टेक्नोलोजी र सेक्यूरिटी पोलीसीमा बिश्वमा सर्वोत्कृष्ट दाबी गरिएको यस कम्पनी हतियार मेलाको प्रायोजक र संयोजक भएको छ । मार्च महिनाको ३ तारिखमा फ्रानवर्ग एयरपोर्ट एक्जीबिशन सेन्टरमा यो मेला शुरु हुँदै छ, बिभिन्न देशका हतियारहरु लगायत हतियार खरिद गर्ने बिभिन्न संस्था र देशका प्रतिनिधिहरु यस मेलामा आउने तय भएको छ । स्मरण रहोस् मेलाको प्रायोजक स्पाइवेयर चाँही विश्वको अहिलसेसम्मकै सर्वाधिक डरलाग्दो साइवर हतियार निर्माता हो जस्ले खग्गोशीको हत्या, जेफको फोन ह्याक, इमिराटी परिवारको बिवरण हिनामिना, मोरक्कोका मान्छेहरु बिरुद्धका अभियान जस्ता थुप्रै काण्डहरुमा आफ्नो संलग्नता जनाइसकेको छ।

लाइभमाण्डु


Loading comments...