अनि भयो ‘अहिंसावादी’ महात्मा गान्धीको हत्या


विश्व प्रसिद्ध लेखक, बिचारक अनि साहित्यकार जर्ज बनार्ड शले भारतमा गान्धीको हत्या पछि उनको शोक सन्देशमा विश्वमा राम्रो हुनु कति भयानक रहेछ भनेका थिए ।

उता सोहि विषयमा अमेरिकी पत्रकार विन्स्टन सीनको सन्देशमा, “गान्धी ज्यूँदा हुँदा एउटा खादीको कपडा लगाएका वृद्ध मान्छे थिए र अब मृत्युपछि विश्वलाई तिनै वृद्ध मान्छेको कमीले रुवाइरहनेछ” भनि लेखेको पाइन्छ ।

सीन सन् १९४७ मा भारत आउँदा यिनको गान्धीसँग भेट भएको थियो । सीनले विश्वका धेरै द्वन्द्वग्रस्त देशहरुमा पुगेर स्थलगत पत्रकारिता गरेको प्रमाण पाइन्छ । उनको जीवनको एउटा यस्तो संयोग थियो जब नाथुरोम गोड्सेले महात्मा गान्धीलाई गोली हाने त्यसबखत महात्मा गान्धी उनीभन्दा केवल १० गजको दूरीमा थिए  । यो प्रसङ्ग न्यूयोर्क हेरल्ड ट्रिव्यूनमा सीनले लेखेका थिए ।

suyog dhakal
लेखकः सुयोग ढकाल

भारतीयहरुलाई ब्रिटिस दासताबाट स्वतन्त्रताको उडान गराउने भारतनीय राजनीतिका एक महान पात्र मोहनदास करमचन्द गान्धी (जन्मः २ अक्टूबर सन् १८६९ – मृत्यु ३० जनवरी सन् १९४८) भारतीय स्वतन्त्रता आन्दोलनका एक विशिष्ट आध्यात्मिक तथा राजनीतिक नेता हुनुहुन्थ्यो । वहाँले थाल्नुभएको सत्याग्रह अर्थात ‘व्यापक सविनय अवज्ञा’को माध्यमबाट अंग्रेजहरुले भारतीयमाथी गरेको अत्याचारको शान्तिपूर्ण तवरले प्रतिकार गर्ने अग्रणी नेता हुनुहुन्थ्यो । गान्धीको त्यही अवधारणाको जगमा सम्पूर्ण अहिंसाको सिद्धान्तमा कायम थियो जसले भारताई स्वतन्त्रता दियो र संसारमा जनताको नागरिक अधिकार तथा स्वतन्त्रताप्रति सजग रहन आन्दोलनको लागि प्रेरक भइदियो । उनलाई संसारले महात्मा गान्धीको नामले चिन्दछ । संस्कृत भाषामा महात्मा अथवा महान आत्मा एउटा सम्मानसूचक शब्द हो। मोहनदान करमचन्द गान्धीलाई महात्माको नामले सर्वप्रथम सन् १९१५ मा भारतका राजवैद्य जीवराम कालिदासले सम्बोधन गर्नुभएको थियो ।

जनवरी ३० सन् १९४८ को दिन गान्धीको हत्या भएको हो, उतिबेला दिल्लीको विरला हाउसको कम्पाउण्ड र अहिलेको गान्धी स्मृति भवनमा उनको हत्या भयो । हिन्दु महासभा भन्ने दलका नाथुरोम गोड्सेले गान्धीमाथि गोली चलाए । नाथुराम गोड्से गान्धीको हत्याको केहि समय अघि वर्तमान भारतीय सत्तारुढ पार्टी भारतीय जनता पार्टीको माउ संगठन “राष्ट्रिय स्वयम सेवक संघ”सँग आवद्ध थिए । गोड्सेका अनुसार महात्मागान्धी भारतको बिभाजनका दौरान मुसलमान समूदायका लागि धेरै उदार भएका र शिखहरुको समावेशीताका सन्दर्भमा भने अनुदार रहेको आरोप लागेको थियो ।

साँझको ५ बजे गान्धी अन्तरधार्मीक प्रार्थना अर्थात हरेक धर्मका भगवान र प्रतिमाहरुको अर्चनागर्न विरला हाउस पुग्नेगरेका थिए । त्यस दिन पनि उनी त्यहाँ पुगे तर अन्तिम सिँढिमा पुगेका उनी त्यसपछि कहिल्यै त्यहाँबाट फर्केनन । नाथुरामले अत्यन्त नजिकबाट गान्धीमाथि गोली चलाए, क्षणभरमा नै गान्धीको इहलिला त्यहीँ समापन भयो । त्यहाँ उपस्थित मान्छेहरुले नाथुरामलाई पक्राउ गरेर प्रहरीको जिम्मा लगाए, सन् १९४८ बाट अदालतमा गान्धीको हत्या अभियोगको ट्रायल शुरु भयो । प्रतिवादीका रुपमा गोड्से, नारायण आप्टे र अन्य ६ जना व्यक्तिहरु थिए । १५ नोभेम्बर सन् १९४९ मा गोड्से र आप्टेलाई अम्बाला कारागारमा मृत्युदण्ड दिइयो ।

दिल्ली र पूर्वी पन्जाबमा भइरहेका आन्दोलन र बिरोधका कुराहरु बुझ्न र उक्त बिषयको समाधान निकाल्न गान्धी सेप्टेम्बर महिनामा दिल्ली पुगेका थिए । उता गोड्से डिकान भन्ने ठाँउमा मुसलमान शासक ओस्मान अलि खान बिरुद्धको आन्दोलनमा सरिक भएका थिए । त्यस क्रममा गोड्से केहि पटक फौजदारी अभियोगमा जेल पनि परिसकेका थिए । गोड्से एउटा कहलिएका पत्रकार पनि थिए जस्ले सन् १९४० ताका पाकिस्तानबाट भारत भागेर आएका हिन्दुहरुको पीडा र उनीहरु माथि भएको हिंसाका बारेमा उतिखेरका पत्रिकाहरुमा रिपोर्ट पनि लेख्ने गरेका थिए । सन् १९४८ मा नै गोड्से र यिनका सहयोगीहरुले गान्धीलाई मार्ने योजना बनाए, यतिबेला भारत र पाकिस्तानबिच कश्मिरको बिषयमा युद्ध पनि शुरु भइसकेको थियो । भारतमा कांग्रेसको शासन थियो, भारतले पाकिस्तानलाई केहि रकम सहयोग गर्ने कुरा भएको थियो, तर युद्धमा रहेको पाकिस्तानलाई सहयोग नगर्ने संसदको निर्णयलाई उल्टाउनका लागि महात्मा गान्धीले धेरै दबाब दिएको बताइन्छ । यस कारणले पनि हिन्दु अतिवादीहरु गान्धीसँग क्रुद्ध भएका थिए ।

महात्मा गान्धीको पाकिस्तानप्रतिको यो शदायसयताको कारण भनें अपुष्ट नै छ । गान्धीले भने आफ्नो पाकिस्तानलाई सहयोग गर्ने निर्णय कार्यान्वयन गराउन भोक हड्ताल शुरु गरे, यसपछि गोड्से लगायत अन्य हिन्दु अतिवादीहरुले गान्धीको हत्या योजना तर्जुमा गर्न थाले । दिल्लीको गोले मार्केटको वाल्मिकी मन्दिरमा गान्धी बसेका थिए, पछि त्यस मन्दिरमा हिन्दु शरणार्थीहरुलाई वास दिइने भएपछि गान्धी विरला हाउसमा सरेका हुन् । त्यसै विरला हाउसमा नै गान्धीको हत्या भयो । गोड्सेद्वारा गान्धीको हत्या गर्न यो दोश्रो प्रयास थियो जुन साकार भयो । १० दिनअघि पनि गान्धीलाई विरला हाउसमा मार्न गोड्सेहरु पुगेका थिए तर त्यससमय हत्या योजना साकार नभएको बताइन्छ । पहिलो योजना अनुरुप गान्धीले भाषण गर्दैगर्दा ग्रिनेट फालेर भीडबाट गान्धीलाई एक्ल्याउन खोजियो तर दोश्रो ग्रिनेट गान्धीमाथि फाल्न नसकेकाले हत्या योजना असफल भएको बताइयो । हत्याका लागि नारायण आप्टेले ‘बेरेटा एम १९३४’ बन्दुक किनेको प्रमाण पाइयो र पछि यसै बन्दुकबाटै गान्धीको हत्या भयो ।


Loading comments...