अमेरिकन आइडोलमा छानिएका नेपाली मुलका गायक


अमेरिकन आइडोलको १८ औं सिजनको छनौट चरणमा २१ वर्षिय नेपाली दिवेश पोखरेल छनौट भएका हुन् । आफ्नो स्टेजको नाम आर्थर गन राखेका दिवेशले बब डिलनको गीत गाएका थिए, उनले गीत गाएरै जजहरु अनि दर्शकहरुको मन जितेको भनी बिभिन्न अन्तराष्ट्रिय पत्रिकाहरुले लेखेका छन् । दिवेशले गोल्डेन टिकट नै पाएका छन् ।

बब डायलनको ह्याभ यू इभर सिन द रेन गीतार बजाँउदै गाएका दिवेशलाई जज मध्य केटी पेरिले तिमी त अहिले नै रकस्टार रहेछौ भनेकी थिइन । बिचिता कन्सासमा ५ वर्षअघि काठमाण्डौबाट बसाँई सरेका दिवेश को न्यानो घर वोलको गीतले ६ लाख भन्दा धेरै दर्शक यूट्यूबमा कमाइसकेको छ । डेट्रोइट मिचिगनमा अडिशन दिएर छनौट भएका दिवेश अब हलिहुडमा अन्य प्रतिस्पर्धिहरुसंग प्रतिस्पर्धाका लागि जानेछन्, अमेरिकन आइडोलमा उन्को यात्रा शिखरसम्म पुग्नेछ, शुभकामना ।

लाइभमाण्डु


Loading comments...