विश्वबाट हराँउदै जुनकिरी, कारणहरु यस्ता छन्


जुनकिरीको प्रकाश अनि बिम्बमा धेरै याद अनि गीतहरु सम्म लेखिएका छन् । लगभग २०० भन्दा धेरै जुनकिरीजस्ता प्रजातिहरु मानवश्रृजित बत्ति, किटनाशक विषादीको प्रयोग अनि अब्यबस्थीत मानव बस्ती श्रृजनाका कारणले लोप हुने अवस्थामा छन् ।
टफ्ट्स विश्वविधालयकी वायालोजी अर्थात जीवविज्ञानकी प्राध्यापीका सारा लिविसका अनुसार अव्यस्वस्थीत मानव बस्ती श्रृजना अनि प्राकृतिक जगंलहरुको फडानीका कारणले जीवहरुले बासस्थान नपाएर लोप हुने अवस्थाको सामना गर्नु परिरहेको छ । मलेसियामा पाइने बिशेष मलेसियन जुनकीरी म्यानग्रुभका जगंलहरु सबै सखाप पारि व्यवसाहिक पाल्म खेती गरियो जस्का कारण म्यानग्रुभका झाडीमा बस्ने र बाँच्ने मलेसियन जुनकिरीहरु पूर्णत सखाप भए । अझ मानव श्रृजित कृक्रिम बत्तिहरुको अँध्यारोमा प्रयोग भएपछि जुनकीरीहरु हराँउदै गएको पनि एउटा अध्ययनमा पाइएको छ, पछिल्लो शताव्दीमा रात्रिकालिन अवस्थामा अत्याधिक धेरै बत्ति बाल्ने, उज्यालो पार्ने र प्रकाशको बहुप्रयोग गरिने चलनले आजभोली जगंलहरु पनि पहिले जस्ते निष्पट्ट अँध्यारो नहुने कारणले जुनकिरीहरु हराँउदै गएको देखिन्छ । यसका साथै अब विश्वमा एउटा नयाँ प्रदुशण अर्थात प्रकाश प्रदुशणको अवधारणा पनि आएको छ, आजभोली हरेक रात्रिमा पूर्णिमाको दिनभन्दा सैयौं गुणा धेरै प्रकाशहरु मानव श्रृजित प्रकाशका श्रोतहरुले प्रदान गर्दछन् । अँध्यारोको महत्व अनि जीवहरुको उपस्थितीका बिषयमा थप अध्ययन हुन जरुरी देखिन्छ ।

पृथ्वीको पूर्ण भूभागको कम्तिमा पनि २३ प्रतिशत भूभागले रात्रिकालिन समयमा मानव श्रृजित कृत्रिम प्रकाशको प्रभावमा परेको अध्ययनले देखाँउदछ । जुनकिरीहरु प्रकाशमा संवेदनशील हुन्छन्, प्रकाश प्रदुषणले विश्वमा सर्वाधिक धेरै जुनकिरीहरुलाई प्रभाव पारेको र जुनकिरीहरु अबलोपोन्मुख अवस्थामा रहेको बताइन्छ । जापान, मलेसिया र ताइवानमा एक समयमा जुनकीरी पर्यटन अवधारणा निकै धेै थियो । मान्छेहरु जुनकीरी हेर्न र अँध्यारोमा जुनकिरीको प्रकाशमा मात्र रमाउन आउने चलन थियो, तर अहिले जुनकिरीका उपस्थिती लगभग शून्य बराबर भइसकेको बताइन्छ ।

लाइभमाण्डु


Loading comments...