Lifestyle Portal
  •   २० माघ २०७९, शुक्रबार

राष्ट्रिय झन्डाका निर्माता रिमाल तथा कलाकार मनीषा कोइराला सहित दस जनालाई नइ पुरस्कार

८ फाल्गुन २०७६, बिहीबार २२:०७

लोकप्रिय

काठमाडौं, २०७६ फागुन ८ गते । नइ प्रकाशनले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका दस जना महानुभावहरूलाई २०७६ सालको पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ ।

नइ प्रकाशनले चिकित्सा क्षेत्रका सुविख्यात डा. गौरीशङकरलाल दासलाई ‘नइ भावि पुरस्कार’, राष्ट्रियता प्रबर्द्धनका लागि मानक राष्ट्रिय झन्डाका निर्माता इन्जिनियर श्री शङ्करनाथ रिमाललाई ‘नइ कीर्तिनिधि पुरस्कार’ महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीलाई ‘नइ ईश्वर बराल पुरस्कार’ र अन्तर्राष्ट्रिय स्तरको अभिनय गरी नेपालीहरूको प्रतिष्ठा बढाएवापत श्री मनीषा कोइरालालाई ‘नइ भूपालदुर्गा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

यसैगरी जनचेतनाका लागि हास्यव्यङ्यमार्फत देशदेशान्तरमा नेपाली भाषालाई जनप्रिय बनाउन उद्धत श्री मदनकृष्ण श्रेष्ठ तथा श्री हरिवङ्श आचार्य (मह जोडी) लाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’, आधुनिक मोतीराम भट्टका रूपमा प्रसिद्ध झापाका चूडामणि रेग्मीलाई ‘नइ भाजप पुरस्कार’, हिन्दूधर्म र संस्कृतिका अभियन्ता, लेखक तथा चिन्तक प्रा.डा.सोमप्रसाद खतिवडालाई ‘नइ चन्द्रधन पुरस्कार’, सुप्रसिद्ध सङ्गीतकार, गायक तथा गीतकार प्रा.दीपक जङ्गमलाई ‘नइ कोइलीदेवी पुरस्कार’ र अमेरिकामा रहेर सङ्गठनात्मक तथा सिर्जनात्मक रूपमा नेपाली भाषासाहित्यमा समर्पित श्रीमती गीता खत्रीलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

यी सबै पुरस्कारका राशि जनही एक लाख रुपियाँ रहेका छन् ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।

शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०१ औं शुभजन्मोत्सवका अवसरमा उहाँबाटै आगामी वैशाख ३० गते काठमाडौंमा नइ पुस्कारहरु समर्पण गरिने छन् ।

(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव
नइ प्रकाशन

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाल हाइकु केन्द्रले एकैसाथ आठ जना हाइजिनका आठ पुस्तक बिमोचन गरेको छ। शुक्रबार आयोजित बिशेष हाइकु गोष्ठी तथा पुस्तक बिमोचन

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा

महोत्तरी, १३ पुस महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ । पाटु स्थित जन जागृत

काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र