अफ्गान शरणार्थीहरुको पाकिस्तानमा ४० वर्ष


अफ्गानी शान्ति वार्ताको पूर्ण सर्मथनमा वोल्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तान अब सैन्य सेफ हेभन नभएको भनी स्वतन्त्रता र शान्तिको पक्षधर भएको बताएका छन् । बालोचीस्तानको धार्मिक र्यालीमा आत्मघाती बम विष्फोट भएको केहि घण्टा भित्र ईमरान खानको यो वक्तव्य आएको हो । अमेरिकाले सेना अफ्गानीस्तानबाट झिक्ने भएपछि अब तालीवान र अफ्गान सरकारबिचको शान्ति वार्तामा आफ्नो पूर्ण सर्मथन रहने र तात्विक निष्कर्षमा पुग्न आफ्नो हरसम्भव साथ रहने पनि बताए ।

पाकिस्तान दीर्घकालदेखि नै अफ्गानी सिमामा ईस्लामीक समुहको समर्थक रहेको छ, अहिले आएर भने इमरान खानले अब पाकिस्तान सैन्य क्रियाकलापको सेफ हेभन नभएको बताएका छन् । पछिल्ला दिनमा अफ्गानी सिमामा जे भए त्यसलाई संगाल्दै अब पाकिस्तान र अफ्गानीस्तान दुबै राष्ट्रले केवल शान्ति चाहेको छ भनी प्रधानमन्त्री खानले बताए ।

अफ्गानीस्तानका उपराष्ट्रपति सरवर डानिशले पाकिस्तानलाई त्यहाँ रहेको अफगानी क्याम्पबाट लडाकुहरु भर्ना गरेको र सीमामा तनाव फैलाएको आरोप लगाएपछि इमरान खानले यो वक्तव्य दिएका हुन् । पाकिस्तानले अफ्गानी शरणार्थीलाई शरण दिएको ४० वर्ष भइसकेको छ । लगभग २७ लाख अफ्गानीहरु पाकिस्तानमा शरण लिएर बसेको तथ्याकं छ । उता कतारको मध्यस्ततामा अमेरिका र तालिवानहरुको पनि शान्ति प्रक्रिया अघि बढिरहेको छ तर त्यो तात्विक निष्कर्षमा पुग्न सकेको छैन । कुन्दुज राज्यमा त तालिवानले सरकारी फौजमाथि गरेको आक्रमणमा गत हप्ता नै दर्जनौं को मृत्यू भइसकेको छ । अफ्गानीस्तानमा सरकार, तालिवान, छिमेकी देश पाकिस्तान अनि अमेरिकी पक्षधरहरुसंगको संझौताले मात्र दिर्घकालिन शान्ति आउने निश्चित छ ।

सन् १९७९ मा अफ्गानीस्तानलाई सोभियत संघले कव्जा गरेपछि त्यहाँबाट पाकिस्तान आउने शरणार्थीको क्रम शुरु भएको हो जुन आजसम्म पनि उस्तै छ । संयूक्त राष्ट्र संघका महासचिव एन्टीनो गुटरस अहिले ३ दिने पाकिस्तानको भ्रमणमा छन्, उन्ले पनि अफ्गानी शरणार्थीको शरणका लागि पाकिस्तानको खुलेर समर्थन गरेका छन् । अफ्गानी शरणार्थीहरुको पाकिस्तानमा ४० वर्षको बसाँईको पनि वर्षगाँठ भर्खरै मनाइएको छ ।


Loading comments...