कोरोना भाइरसको प्रभाव मक्काका तिर्थालुहरुमा कसरी पर्दैछ ?


मक्कामा उम्रा प्रार्थनाको समय हो, तर यसवर्ष त्यहाँ यस प्रार्थनाका लागि देश विदेशबाट तिर्थालुहरु आउन पाउने छैनन, साउदी अरबले यस वर्ष कोरोना भाइरस संक्रमणका कारणले गर्दा आफ्नो देशमा उम्रा प्रार्थनार्थ बिदेशीहरुलाई आउन नदिने भएको छ । उता मदिनामा पनि यस वर्ष उम्रा प्रार्थनाका लागि पैगम्वर मोहम्मदको मस्कमा बिदेशीहरुलाई जान नदिने बताइएको छ । गतवर्षको डाटा हेर्दा करिब ७५ लाख मान्छेहरुले उम्रा प्रार्थनागर्न बिदेशबाट साउदी अरब छिरेको देखिन्छ जुन यस वर्ष कोरोना भाइरसका कारण शून्य हुनेछ । साउदी प्रेसहरुमा प्रकाशित समाचार अनुसार साउदीले अर्को सूचना जारी नजहुन्जेलसम्म बिदेशी तिर्थयात्रीहरुलाई मक्का या मदिनामा उम्रा प्रार्थनार्थ आउन रोक लगाएको भनिएको छ यद्धपि कुनकुन देशका तिर्थयात्रीहरुलाई रोक लगाएको भन्ने विषयमा स्पष्ट छैन ।

साउदीका छिमेकी देशहरु , ईराक , ईरान, वहराइन, ओमान, कतार र यूएईमा कोरोना संक्रमणका केसहरु भेटिसकेका छन् । गल्फ कोओपरशेनका देशहरुबाट पनि ट्राभल ब्यान जारी गर्न रियादको मनस्थिती रहेको बताइन्छ । उता यस हप्ता नै लेवनानले आफ्ना नागरीक्हरुलाई ईराक, ईरान र साउदीमा धार्मिक पर्यटन या कुनै अन्य प्रावधानले यात्रा नगर्न उर्दी जारी गरिसकेको छ, कोरोना भाइरसको प्रभावले मध्यपूर्व पनि शून्य र त्रस्त छ ।

अहिले मध्यपूर्वका देशहरुमा शुक्रवारको प्रार्थनामा पनि निकै शून्यता छाएको पाइएको छ, मान्छेहरु धार्मिक भेलाहरुमा पनि कोरोनाको भयका कारण आउन छाडिसके । यस वर्ष उम्रा प्रार्थनामा मक्का मदिना शून्य रहनेछ जून इतिहासले संझन लायक शून्यता हो, अहिलेसम्म मक्का मदिनामा यस शून्यता उम्राको समयमा देखिएको थिएन ।

सुयोग ढकाल
लाइभमाण्डु


Loading comments...