के ट्रम्पले अफगानीस्तान तालीवानलाई सुम्पेका हुन?


अफगानीस्तानमाथि आक्रमण गरेर कव्जा गरेको २० वर्षपछि अहिले आएर अमेरिकाले तहसनसह पारिएको देशलाई आफ्नो सैन्य अपस्थितीबाट परै राख्ने र सेनाहरु हटाउने निर्णय गरेको छ । तालीवानलाई फन्डामेन्टलीस्ट किलरको संज्ञा दिएको अमेरिकाले २० वर्षसम्म तालिवानलाई निष्तेज पार्न अफगानीस्तानमा प्रयास गरिरह्यो, अहिले कतारको मध्ययस्तामा अमेरिका तालीवान वार्ता पनि चलिरहेको नै छ जुन कुनै ठोस निर्णम भनें पुगेको छैन ।

कतिले त अमेरिका र अफगानीस्तानको यस लभस्टोरीलाई अमेरिका र भियतनामको युद्ध संग सन् १९७१ मा जोडेर तुलना पनि गरिरहेका होलान ? भियतनाम युद्ध पनि अमेरिकाले अप्रत्यक्षरुपमा घुँडा टेकेकै युद्ध थियो, अफगानीस्तानबाट पनि अमेरिका कतै ईगो हर्ट भएरै फर्किन लागेको त हैन ? मध्यपूर्वका अनि एसियाका धेरै लेखक र समीक्षकहरुले लेखेका छन् ।

अमेरिका हमलाको २० वर्षिय इतिहास केलाँउदा अफगाीस्तानमा गएको अमेरिकाले केवल २ महिना मै कावुललाई तालिवान मुक्त क्षेत्र घोषणा गर्यो, सन् २००३ मा अमेरिकी सुरक्षा सचिव डोनाल्डस रम्सफील्डले अब अफगानीस्तान अलकायदा तालिवान र अन्य आतंक्कारी समुहको घातक हमलाहरुबाट मुक्त रहेको बताएका थिए, आज १७ वर्षपछि पनि तालिवानको दबदबा अफगाीस्तानमा उस्तै छ भनें बरु अमेरिका चाँही अफगानीस्तानबाट फर्कने भएको छ ।

अल कायदाको खोजमा अफनागस्तान छिरेको ट्वीन टावर आक्रमणले रन्थनिएको अमेरिकाले सन् २०११ मा पाकिस्तानमा ओसामा विन लादेन मारिएको घोषणा गर्यो, बेलाबखतमा कहिले लादेनका छोरा, सकयोगी, बख्तारी लगायत आइसीस, आइसील र बोकोहराम जस्ता संस्थाहरु पनि यसै बिचमा जन्मीए या जन्माइए ? प्रश्न अझै प्रश्न नै त छ ।

१८ वर्षिय युद्ध इतिहासमा २४०० अमेरिकी सेना र १५०,००० अफगानीहरुको मृत्यु भयो, अमेरिकाले अफगानीस्तानको कूल ग्राहस्थ उत्पादनभन्दा १०० गुणा बढि लगभग २ ट्रिलियन अमेरिकी डलर अफगानीस्तानको युद्धमा खर्च गरेको पनि जनाएको छ तर ग्राउण्ड जिरोमा स्थिती जहाँको त्यही नै छ ।

के अब ट्रम्पले अमेरिकाी सेनालाई अफगानीस्तानबाट घर फर्काएर अफगानीस्तान अब तालिवनासमक्ष सुम्पीएर जान लागेका त हैनन? अमेरिकी युद्धका झिकीकटक गरिएको श्रृंखलाहरुमा भियतनाम, ईराक र अफगाीस्तान तेश्रो श्रृंखला हो । ईराक सद्दाम पछिको अवस्थामा झन तनावग्रस्त रह्यो भने भियतनामसँग अमेरिकाले युद्धमा हार खाएको हो अनि आज अफगानीस्तानबाट पनि अमेरिका पछि फर्कदैछ । ट्रम्पले शान्ति या सम्झौता कुन कुराको पैरवी गर्दैछन ? अफगानीस्तानमा मल्टिमिलियन डलर खर्च गरेर स्थापना गरिँदै गरिएका परियोजनाहरु अब अमेरिकी सेना नहुँदा के हुन्छन ? अफगानीस्तानमा अहिले बढ्दो भारतीय लगानी अनि अन्य तेश्रो मूलुकका लगानीहरुको हरहिसाब सबै अन्यौलामा पार्दै अमेरिका जानु ठिक हो या हैन भन्ने विषयमा चाँही आ-आफ्नो मत हुन सक्दछ ।

सुयोग ढकाल
लाइभमाण्डु


Loading comments...