ईटालीको एउटा कोरोना भाइरस रेडियो स्टेशन


गुड मर्निगं कोडोगों, यसो भन्दै ईटाली भाषामा रेडियो प्रस्तोताहरु कोरोना भाइरस बिरुद्ध लड्न आफूले के गर्ने र कसरी आफू लगायत अरुलाई पनि सुरक्षित राख्ने भन्ने विषयमा कार्यक्रम सञ्चालन गर्दछन् । यस रेडियोलाई रेडियो रेड जोन नाम दिइएको छ, ईटालीमा कोरोनाको प्रकोप बढेपछि सरकार र समुदायले यस बिरुद्ध लड्न बिभिन्न उपायहरु लगाँउदै आएको छ । महामारीको त्रास बाट जोगिन र सावधानीका उपायहरु अवलम्बन गर्न यस रेडियो स्टेशनलाई परिचालन गरिएको छ ।

चीनको हुवान कोरोनाको संक्रमण केन्द्रबिन्दु भए झै ईटालीको हुवान भनेंर कोडोगों शहरलाई जनाइएको पाइन्छ । रेड जोनको स्टेशन भित्र ८२ वर्षिय प्रस्तोता पिन्टो पगानी बसेर प्रत्यक्ष कार्यक्रम शुरुवात गर्दैछन, पिन्टोचाँही उक्त शहरमा क्वारेन्टाइन गरेका ५० हजार मान्छेहरुलाई सम्वोधन गर्दै छन् । अलजजिरामा यो आलेख एलिसा ओडोनले लेखेकी छिन् ।

पिन्टोले कार्यक्रमा दौरान डिएगो लासालोनी नामक श्रोताले पठाएका एउटा उत्प्रेरक सन्देश वाचन गर्दछन्, ईटाली भाषामा रेडियो रेड जोन लाई रेडियो जोना रोसा भनिन्छ । यस रेडियोमार्फत पसलहरु खुल्ने समय, मेडिकल वार्ड र अन्य सुविधाहरु खुल्ने निश्चित समयको जानकारी गराइन्छ । कहिलेकाँही स्टुडियोमा अतिथि बोलाइन्छ र कहिलेकाँही फोनमा कुरा पनि गरिन्छ । रेडियोमा कोरोना समबन्धी कार्यक्रम प्रसारण भएको केहि दिनमा नै फेसबुक पेजमा १००० लाइक्स आइसकेको थियो, अहिले त्यो लाइक्स ह्वात्तै बढेको छ भनें फेसबुक पेजमा प्रश्न सोध्ने र कुरा गर्न चाहने स्थानीयको संख्या पनि बढ्दो छ । केहि दिनअघि एकजना महिलाले रेडियोमा फोन गरेर आफ्नो तापक्रम लिन आफूसंग थर्मोमिटर नभएको बताइन, पछि रेडियो सुनेर सिभिल डिफेन्स संयन्त्रका कर्मचारीहरुले ति महिलाकामो थर्मोमिटर पूर्याइदिए । यस रेडियोका श्रोता दिनानुदिन बढ्दा छन्, कोरोना भाइरसको प्रभावसंग लड्नका लागि रेडियो लगायत अन्य सञ्चार साधनको महत्व नेपाल लगायत अन्य देशहरुले पनि आत्मसाथ गर्न पर्ने देखिन्छ ।

लाइभमाण्डु
चीनपछि ईरानभन्दा धेरै ईटालीमा कोरोना भाइरसको संक्रमण
न्यू योर्कमा कोरोना भाइरसका केसहरु बढ्दै
कोरोना भाइरसले मुसलमान प्रार्थनाको तवरलाई परिवर्तन गरिरहेको छ
इरानमा कोरोना भाइरस (कोभिड १९) विरुद्ध लड्न स्वास्थ सामाग्री पठाउँदै विश्व स्वास्थ संगठन


Loading comments...