कोरोनाभाइरस (COVID-19) को ‘पेशेन्ट जिरो’ को हो?


विश्व स्वास्थ्य सुरक्षाको लागि समस्या बनेको ‘कोरोनाभाइरस’ (COVID-19) को उत्पत्तिका विषयमा चिन प्रशासन तथा विशेषज्ञहरुबीच मतभेद कायमै छ । आखिर को हो कोरोनाभाइरस (COVID-19) संक्रमणको पेशेन्ट जिरो’?

‘पेशेन्ट जिरो’ अथवा ‘इण्डेक्स केस’ भनेको कुनै भाइरस, ब्याक्टेरीयाको संक्रमणबाट बिरामी परेको पहिलो व्यक्ति जसबाट अन्यमा त्यसको संक्रमणको असर सरुवा हुनथाल्यो ।

suyog dhakal
प्रस्तुतीः सुयोग ढकाल

वंशानुगत जीनहरुको विश्लेषणमा भएका प्रगतिहरुका कारण कुनै भाइरस अथवा ब्याक्टेरीयाको उत्पत्तिको मुख्य स्रोतबारे पत्ता लगाउन सम्भव छ जसबाट यो जानकारी प्राप्त गर्न सकिन्छ की त्यो भाइरस अथवा ब्याक्टेरीयाको संक्रमणबाट रोग फैलाउने पहिलो ब्यक्ति को हो ।

यदि यो थाहा लाग्नसक्ने हो भने धेरै महत्वपूर्ण प्रश्नहरुको उत्तर प्राप्त गर्न सकिन्छ की त्यो रोगको संक्रमण कहिले, कहाँबाट र कसरी फैलिन शुरुवात भो । यस्तो जानकारीबाट वर्तमान संक्रमितहरु तथा भविष्यमा अन्य मानिस तथा प्राणीहरुलाई संक्रमित हुनबाट बचाउनका लागि सहयोगी हुनेछ ।

विगत ३ महिनादेखि विश्व स्वास्थ्य चुनौती बनेको कोरोनाभाइरस (COVID-19) का ‘पेशेन्ट जिरो’ को हो? छोटो उत्तर यो छ की – ‘अहँ अझै थाहा छैन.’

चिनिया मेडियाहरुमा सार्वजनिक अघिल्ला सामाग्रीहरु अनुसार कोरोनाभाइरसको पहिलो केश ३१ डिसेम्बर २०१९ मा देखिएको थियो । जसमा निमोनिया ज्वरोसँग मिल्ने खालको लक्षण भेटिएको थियो जसको सम्बन्ध हूबे राज्यको वुहानस्थित ताजा माछा-मासु तथा विभिन्न जङ्गली जीवजन्तु बेचबिखन हुने बजारसँग थियो ।

यही क्षेत्र नै अहिलेसम्म प्राप्त सबैभन्दा स्पष्ट रुपमा सबैले मानेको प्रकोप केन्द्र हो । जोन हपकिङ्गस विश्वविद्यालयले गरेको अध्ययनमा आधारित आंकडाहरु अनुसार चिन तथा विश्वभर भेटिएका संक्रमितहरुमध्ये ८२ प्रतिशत अर्थात ७५ हजार संक्रमितहरु यहीं भेटिएका छन् ।

वुहानमा रहेको त्यस ताजा माछा-मासु तथा विभिन्न जङ्गली जीवजन्तु बेचबिखन हुने बजारको सम्बन्ध कोरोनाभाइरसभन्दा पहिले देखिएका स्वास्थ्य समस्याहरुसँग जोडेर हेरीएको छ । चिनले कोरोनाभाइरससँगको सम्बन्ध त्यस बजारसँग जोडिएको थाहा पाउने वित्तिकै तत्तकाल नै बजार बन्द गरेर संक्रमण रहित बनाउने आकस्मिक प्रयासहरु भएका थिए ।

सालकले मानवमा फैलाएको हुनसक्छ ‘कोरोना भाइरस’को संक्रमणः अध्ययन

चीनले बिकास गर्यो ‘कोरोना भाइरस’ बिरुद्धको स्प्रे

त्यस्तै ‘लान्सेट मेडिकल जर्नल’मा चिनिया अनुसन्धानकर्ताहरुद्वारा प्रकाशित एक अध्ययन शोका अनुसार COVID-19 बाट संक्रमित भएको पहिलो व्यक्ति बारे जानकारीसहितको मुद्दा १ डिसेम्बर २०१९ मा दर्ता भएको थियो (अर्थात् सरकारी जानकारी भन्दा ठीक ३० दिन अघि), र ति संक्रमित व्यक्ति वुहानको त्यस ताजा माछा-मासु तथा विभिन्न जङ्गली जीवजन्तु बेचबिखन हुने बजारसँगको सम्पर्कमा आएका थिएनन् ।

वुहानस्थित जिनिनटान अस्पतालका एक वरिष्ठ डाक्टर जसले त्यस रिपोर्ट तयार गर्नेहरुमध्येका एक शोधकर्ताहरुमध्ये एक थिए वू वेनजआनले बिबिसि चिनिया सेवालाई दिएको जानकारी अनुसार, “ति संक्रमित वृद्ध थिए र अलजाइमरका रोगी थिए ।”

अल्जाइमर रोगको कारण र यसबाट बच्न त्याग्नुपर्ने कुराहरु

वू वेनजुआन ले त्यस बिबिसि चिनिया सेवासँगको कुराकानीमा भनेका छन्, “ति बिरामी संक्रमणको उद्गमस्थल मानिएको त्यस बजारदेखि ४-५ बस स्टेशनको दूरीमा बस्दथे र उनी विरामी थिए त्यसकारण उ अन्त कतै गएका पनि थिएनन ।”

उनले यो पनि थपे की, “अन्य तीन मानिसहरुमा पनि क्रमशः केहीदिनभित्र लक्षण भेटियो जसमध्ये २ जना वुहान अथवा त्यस बजारसँगको सम्पर्कमा आएका थिएनन ।”

चीनले कोरोना भाइरसबाट भएको संक्रमण पुष्टि गर्यो, महामारीको संभावना

शोधकर्ताहरुहरुले भेटेका प्रमाणहरुमा प्रारम्भिक चरणमा अस्पतालमा भर्ना भएका ४१ संक्रमितहरुको स्याम्पलमध्ये २७ जना यस्ता संक्रमित थिए जो वुहानस्थित त्यस ताजा माछा-मासु तथा विभिन्न जङ्गली जीवजन्तु बेचबिखन हुने बजार पुगेर आएका थिए ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना प्रकोपबारे सामुन्ने आएको परिकल्पनाहरु अझै पनि प्रबल छ कि यो संक्रमण कुनै जनावरको माध्यमबाट मानिससम्म पुगेको हो ।

कोरोनाभाइरस (COVID-19) – विश्वका कुन देशमा संक्रमितको संख्या कति र मृत्यु कति?

कोरोनाभाइरस (COVID-19) को सङ्क्रमण विश्वभर फैलिने क्रम जारी छ । कोरोनाको उदगम मानिएको र अत्यधिक संक्रमित तथा मृतक संख्या अत्यधिक देखिएको चिनको वुहान शहरको जीवन अझै बन्दकोठा नै सिमित भएको छ भने इरान, दक्षिण कोरिया तथा रोम (इटली) मा संक्रमीत र मृत्युको संख्या ह्वात्त बढेको छ ।

तर के एकजना व्यक्तिबाट यति तीब्ररुपले यस्तो प्रकोप फैलिन सक्छ?
विश्व स्वास्थ्य संगठनका अनुसार, पश्चिमी अफ्रिकामा सन् २०१४ देखि २०१६ सम्म फैलिएको इबोलाको प्रकोप सबैभन्दा ब्यापक थियो र यसको प्रकोपबाट ११ हज्जार भन्दा बढी मानिसहरुले ज्यान गुमाएका थिए भने २८ हज्जार भन्दा बढी मानिसहरु संक्रमणको चपेटामा परेका थिए ।

इबोलालाई जन्म दिने भाइरसबारे जानकारी पहिलो पटक सन् १९७६ मा पत्ता लागेको थियो । २०१४ मा देखिएको इबोलाको असर २ वर्षसम्म अर्थात् २०१६ सम्म थियो र इबोलाको प्रकोप पश्चिमी अफ्रिका लगायतका १० देशहरुमा देखिएको थियो जसमा अधिकांश पश्चिम अफ्रिकामा थिए । तर केही संक्रमितहरु अमेरीका, ब्रिटेन, स्पेन तथा इटलीमा पनि भेटिएका थिए ।

वैज्ञानिकहरुको निष्कर्ष यो थियो की पश्चिम अफ्रिकामा त्यसबेला फैलिएको इबोलाको प्रकोपको प्रारम्भ अफ्रिकी देश ‘गिनी’को २ वर्षको एक बालकबाट भएको थियो जसमा भेटिएको भाइरसको संक्रमण चमेरोबाट भएको पुष्टि भएको थियो ।

त्यस बालकसँग सम्बन्धित त्यतिखेरका सामाग्रीहरुका अनुसार उ घर बाहिर एउटा रुखको तल खेलिरहेको हुन्थ्यो जुन रुखमा चमेरोको ब्यापक हूल बस्दथ्यो ।

के हो ‘सुपर स्प्रेडर’?
विश्वको सबैभन्दा प्रसिद्ध ‘पेशेन्ट जिरो’ मेरी मेलन हुन जसलाई टाइफाइड मेरीको नामले पछि चिनिन थालियो ।

संयुक्त राज्य अमेरीकाको न्यूयोर्कमा सन् १९०६ मा फैलिएको प्रकोपको प्रारम्भ मेरीबाट भएको थियो । उनी आयरल्याण्डबाट अमेरीका आएर बसेकी थिइन । उनी न्यूयोर्कको धनी परिवारमा खाना बनाउने काम गर्दथिन ।

त्यस घटनाको अध्ययनमा संलग्न डाक्टरहरुको निश्कर्षमा यो भेटियो की जहाँ जहाँ ती महिला काम गर्दथिन ती सबै परिवारहरुमा टाइफाइडको संक्रमण भयो ।

डाक्टरले ती महिलाई एउटा स्वस्थ संक्रमक भन्ने गर्दथे अर्थात् एउटा यस्तो व्यक्ति जसमा रोगको संक्रमण बेगैर पनि रोगको लक्षण पनि देखिदैन तर उसले अन्य मानिसहरुलाई संक्रमित पारिरहेको हुन्छ ।

अन्य मानिसहरुको तुलनाम केही मानिसहरु अत्यधिक बढी प्रभावका साथ संक्रमण फैलाउन सक्छ र त्यस्ता व्यक्तिलाई मेडिकल भाषामा ‘सुपर स्प्रेडर’ भन्ने गरिन्छ ।

‘पेशेन्ट जिरो’ एक सामाजिक कूरिती अर्थात् “कलंक”
तर ‘पेशेन्ट जिरो’ शब्दसँग विश्व सामाजिक कूरिती अर्थात् ‘कलंक’को भावसमग जोडिएको छ । कैंयन स्वास्थ्य विशेषज्ञ कुनै रोगीसँग जोडिएको पहिलो सम्बन्धको शंकेत गर्ने यस्तो अभ्यासको विरोध गर्दछन् किनकी यसबाट उसँग सम्भावित भेदभाव अथवा उत्पीडनको आशंका हुने गर्दछ ।

‘पेशेन्ट जिरो’सँग सम्बन्धित सबैभन्दा चर्चित व्यक्ति थिए क्यानेडाका समलैङ्गीक विमानकर्मी गिटेन डुगस जसलाई भूलवस एड्स महामारीका लागि ‘पेशेन्ट जिरो’ मानिएको थियो ।

‘पेशेन्ट जिरो’को उदाहरणहरुमा इतिहासमैं उनी सबैभन्दा बढी भत्सर्ना भोग्ने रोगीको रुपमा देखिएका थिए । उनलाई सन् १९८० को दशकमा HIV को प्रसारका लागि जिम्मेवार मानिसएको थियो । तर, ३० वर्ष पछि वैज्ञानिकहरुको निश्कर्षमा उनी HIV को पहिलो रोगी हुने कुनै आधार थिएन ।


Loading comments...