हराएको प्लेनको फेरि खोजि गर्न यात्रुका आफन्तहरुको माग


ईण्डियन महासागरको दक्षिणी तटमा खोजेर नभेटिएको मलेसियन एयरलाइन्सको जहाज एमएच ३७० को खोजि कार्य फेरि शुरु गरिनुपर्छ भनेंर आफन्तहरुको माग आएको छ । ६ वर्षअघि मलेसियाबाट चीनका लागि उडेको यस जहाज एक्कासी हराएको थियो । यस जहाज आधूनिक संसारको एउटा रहस्य नै भएको छ जस्मा जोडेर धेरै थियोरीहरु आएका छन् । जहाज दुर्घटना भएको ६ वर्षको वार्षिकोत्सवको अवसर पारेर जहाजका यात्रुहरुका आफन्तहरुले विज्ञप्ती निकालेर जहाजको फेरि खोज गर्न माग गरेका हुन् । जहाजमा अधिकांश चीनका नागरीकहरु थिए, हाम्रो पीडाहरु अझै ताजा नै छन भनेर ग्रेस नाथान नामका एक अधिवक्ताले बताए, उन्की आमा त्यस जहाजमा थिइन ।

मार्च ८ तारिख सन् २०१४ मा यस जहाज दुर्घटना भएको थियो । यस जहाजको भनिएको एउटा टुक्रालाई यसवर्षको छैठौं वार्षिकोत्सवमा राखिएको थियो । जनवरी सन् २०१७ बाट करिब २०० मिलियन अमेरिकी डलर बरावरको खर्च हुनेगरि यस जहाजको खोजि गरिएको थियो जुन निष्कर्ष विहिन भएको थियो ।

लाइभमाण्डु


Loading comments...