पाकिस्तानमा कसरी मनाईयो होली ?


पाकिस्तानको इतिहास पनि सनातन दर्शन अनि बौद्धमार्गसंग जोडिएको छ । संस्कृत व्याकरणका रचयता पाणिनी तपस्वी अहिलेको पाकिस्तान भएको ठाँउबाट नेपालको अहिलेको अर्घाखाँचीको पाणिनी तपोमूभीमा आएर तप गरेका थिए, यिनले रचेका ब्याकरण आज कम्प्यूटरको कोड भाषाको मुलआधार सावित भएको छ भनें हामीले पढेका पाइथागोरस थियोरमहरु पाइथागोरसले यिनै पाणिनीको अष्टोध्याय लगायतका पुस्तकहरुबाट पूर्नपरिभाषित गरेका हुन् ।

पाकिस्तानमा धेरै हिन्दु मन्दिर , शिख गुरुद्धाराहरु छन्, पछिल्ला दिनहरुमा पाकिस्तान आफ्नो देशमा भएका धार्मिक र लैगिंक अल्पसंख्कहरुप्रति उदार देखिँदै आएको छ , भर्खरै भएको होली पर्व पाकिस्तानको लाहौर शहरमा वर्षौदेखि मनाइदै आएको छ, आज हामी बिबिसी भारतको पाकिस्तानको होली शिर्षकको भिडियोलाई सरल नेपाली प्रस्तुतिमा ढाल्दै्र छौं ।

काली राम बडग्रा हजारा मन्दिरका सेवक हुन्, उनी केहि दशकदेखि यस मन्दिरमा सेवाकायी गर्दै आएका छन् । बादशाही मस्जिदको ५ मिनटको दुरीमा पर्ने यस कृष्ण मन्दिरमा हरेक वर्ष धुमधामसंग होली मनाइयो, काली रामका अनुसार त्यहाँका हिन्दु समुदायलाई आजसम्म कुनै धार्मिक बिभेद या समस्या भएको छैन । बच्चाहरु निर्धक्क बिधालय जान्छन् र धर्मगत कुरामा कुनै पनि दबाब छैन । लाहौरको रवी रोडमा भएको यो मन्दिर पाकिस्तान पाकिस्तान बन्नुभन्दा अघिको भएको कालीरामले बताए । यो मन्दिरलाई पूर्ननिर्माण गरेर नयाँ बनाइएको कालीरामले बताए । अर्की भक्त जस्को नाम अनमोल थियो, तिनका अनुसार कृष्णले गोपिनीसंग खेलेको होलीको खुशीमा हरेक वर्ष सबैजना कृष्ण मन्दिरमा भेला भएर होली खेल्ने चलन छ, यस होलीमा हिन्दुका अलावा अन्य समुदायका मान्छेहरु पनि सामेल भएको त्यहाँ होली खेल्न आएकाहरुले भिडियोमा बताएका छन् । कालीरामका अनुसार होलीमा मुसलमान, शिख र ईसाईहरु पनि सामेल भएका छन्, एउटा फुलको गुच्छा झै बिभिन्न फुलहरुको उपस्थिती भएको एउटा गुच्छाका रुपमा कालीरामले पाकिस्तानलाई ब्याख्या गरेका छन् ।

एकअर्कालाई रंग लगाएर अनि मिठाईहरु खाँदै गरेको दृश्य रवी रोडको यस होलीमा बिबिसी न्यूज भारतले भिडियोमा देखाएको छ ।

लाइभमाण्डु


Loading comments...