पैसाबाट पनि सर्छ कोरोना : विश्व स्वास्थ संगठन


आधूनिक विश्वमा पैसा सर्वाधिक धेरै मान्छेहरुको हातमा पर्ने र धेरै संक्रमण सार्न सक्ने एउटा माध्यम हुनसक्दछ । कोरोनाजस्तो भयावह रुपमा फैलिरेको र धेरै फैलन सक्ने संक्रमणका लागि पैसा त झन एउटा जोखिमपूर्ण माध्यम भएको छ । विश्व स्वास्थ संगठनले पैसाका माध्यमले पनि यस संक्रमण सर्न सक्ने जोखिमलाई सम्वोधन गरेको छ ।

स्मरण रहोस्, चीनमा पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि गएको फागुनमा कोरोना प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका ठूलो परिमाणमा नोट नष्ट गरिएको थियो ।

यसअघि गरिएको अध्ययनले पैसाबाट पनि विभिन्न प्रकारका भाइरस सर्ने सम्भावना धेरै भएको पुष्टि गरिसकेको छ । न्यूयोर्क विश्वविद्यालयले गरेको अध्ययनअनुसार पैसामा पनि सुक्ष्म जीव बाँच्न र हुर्कन उपयुक्त वातावरण भएको प्रमाणित भइसकेको छ ।


Loading comments...