
अमेरिकी आइडोलको स्टेजमा दिवेशको जादू कायमै, हलिउड अडिसनको उनको प्रस्तुतीमा केटी पेरीको ‘वान्स मोर’
अमेरिकाका बसोवास गर्ने दिवेश पोखरेल नेपाल छँदा देखि नै सङ्गीत स्वादी र पारखी थिए, अहिले अमेरिकी आइडोलको स्टेजमा निकै माथि उक्लीसकेका दिवेश सङ्गीतका पौरखी पनि रहेछन् भन्ने चाल विश्वले पाउँदैछ ।
विशेषत अमेरिकी लोकगीतमा आफ्नो प्रस्तुतिहरु केन्द्रित राखेका दिवेश जो अहिले ‘आर्थर’ नामले परिचित छन् उनले पहिलो अडिशनमा नै आफ्नो आवाजको जादु छरिदिए, गोल्डेन माइकका साथ यिनी सोझै हलिउड अडिशनमा पुगेका हुन् । मेरो देश नेपाल हो भनेर जजहरुलाई बताएका आर्थरले आफ्नो हरेक अडिशनमा आफ्नो जरो भएको देश नेपाललाई अत्यन्त सुन्दर देश भन्न र दोश्रो अडिशनमा त नमस्ते नै गर्न भ्याए, उनका साङ्गीतिक प्रस्तुतीहरुमा पश्चिमा सङ्गीत र पूर्वीय संस्कारको शक्तिशाली मिश्रण देखिन्छ ।
उनका साथीले ‘ए तेरो देश भएको ठाँउमा त माउण्ट एभरेष्ट पनि छ है’ भनी सोद्धा आर्थरले ‘हो त्यहाँ माउण्ट एभरेष्ट छ’ भनेको भिडियो पनि अमेरिकी आइडोलले आफ्नो संस्करणमा देखाएको छ । ‘मेरो जनरा गायन र गीत लेख्नु हो, आज म ओटिसको हार्ड टु ह्याण्डल भन्ने गीत गाउनेछु’ भनी आर्थर गीतार भिरेर स्टेजमा छिरे । यिनको गायनले उपस्थित दर्शक र विलबोर्डमा कैंयन वर्ष आफ्ना गीत स्थापित गर्न सफल जजहरुलाई यस्तो मन्त्रमुग्ध पार्यो की अधूरै गीत छाडेका आर्थरलाई केटी पेरी लुक ब्र्यान, केटी पेरी तथा लियोनेल रिचीअले कुर्सीबाट उठेर ओन्स मोर लगाउन थाले र पुनः गीटार घन्काएका आर्थरलाई दर्शक र जजको टोलीले कम्मर मर्काएर साथ दिए ।
यिनले प्रस्तुति दिँदै गर्दा आर्थरकी दिदि पनि दर्शकदिर्घाकामा देखिन्छिन्, नेपाल सम्बन्धी कुरा र विशेषत भाइले नमस्ते गर्दा यिनकी दिदि पनि परबाट नमस्ते भनेर कराएको र भाइलाई हौसला दिएको देख्न सकिन्छ ।
यिनले स्टेज तताएर जाँदा जजहरुले नमस्त्ते शव्दको उच्चारण प्रयास गरिरहेका देखिन्छन्, आर्थरको अमेरिकी आइडोलको यात्रा जारी रहोस्, सगरमाथाको देशका मान्छेहरुले हार्न जानेका हुन्नन । हामी आर्थरले अमेरीकन आइडोलमा आगामी चरणहरुमा गर्ने हरेक प्रस्तुतीहरुबारे यहाँहरुलाई जानकारी राखी राख्ने छौं ।