लगभग ८२००० जना कोरोना संक्रमीतहरु निको भइसकेका छन्


कोरोनाको भय सर्वत्र चलिरहँदा धेरै कमले मात्र यसको उपचार र निको भएकाहरुको बारेमा उल्लेख गर्दछन् । स्मरण रहोस् विश्वभरि २ लाख ५ हजार भन्दा धेरै कोरोना संक्रमणको केसहरु पत्ता लागेको छ भने ८२ हजार भन्दा धेरै पूर्णत निको भएर घर फर्किसकेको अवस्थामा छन् ।

विश्व स्वास्थ संगठनका अनुसार कोरोना संक्तमीतहरु सामान्यतया २ हप्ता जति ज्वरो लगायत केहि स्वास्थ कठिनाईहरु अनुभव गर्दछन् र निको भएर घर फर्कन सक्ने अवस्थामा पुग्दछन् । यद्धपि गम्भीर रोग लागेका, कार्डियो भास्कुलर र मृगौलाजन्य रोग पहिल्यै लागेका, रोग प्रतिरोधात्मक क्षमता कम भएका अनि बृद्धबृद्धाहरुलाई भने यस संक्रमणले बढि च्याप्ने पाइएको छ ।

विश्व स्वास्थ संगठनका अनुसार नै गम्भीर संक्रमण भएकाहरु पनि बढिमा ६ हप्तामा निको हुन सक्दछन् । ८० प्रतिशत संक्रमीतहरुलाई श्वाँसप्रश्वाँसमा समस्या हुन्छ भने केहिलाई ज्वरो र सुख्खा खोकी पनि देखिन्छ ।

सम्पूर्ण संक्रमीतहरुमा केवल १४ प्रतिशतमा गम्भीर संक्तमण र ३ प्रतिशतलाई थप गम्भीर संक्रमण भएको पाइन्छ । यसरी गम्भीर संक्रमण हुनेहरु अधिकांश ६० वर्ष माथिका छन् ।

लाइभमाण्डु


Loading comments...