कोरोना विरुद्धको एैक्यवद्धतामा आज अनलाइन कन्सर्ट “Music for Aid”


कोभिड १९ संक्रमण अनि त्रासको यस प्रतिकुल समयमा विश्वभरि नै एकप्रकारको अन्यौलको अवस्था श्रृजना भएको छ । खल्ती पे र द आर्विटरी ग्रुपको आयोजनामा अनलाइन सागिंतिक कन्सर्ट ( म्यूजिक फर एड ) मार्फत मानवता, श्रृजनाशिलता र एैक्सवद्धताको प्रर्वधन गरिने भएको छ । यस अनलाइन कन्सर्टमा नेपालका चर्चित कलाकारहरु सहभागी हुने बताइएको छ, यस कन्सर्टको लाइभ स्टी्रमिगं खल्ती पे, द आर्विटरी ग्रुपको फेसबुक पेज अनि सहभागी कलाकारहरुको फेसबुक पेजमा समेत लाइभ स्ट्रीमिगं हुनेछ ।

कलाकारहरु स्पनील शर्मा, स्पप्न सुमन, शिरिष दली, फिरोज स्यागंदेन, केन्जल मेहर श्रेष्ठ, ईशान राज ओन्टा, विपुल श्रेत्री, प्रज्वल प्रधान र एड्रियन प्रधानको पनि यस अनलाइन कन्सर्टमा प्रस्तुति हुनेछ । यस भिडियोको प्रत्यक लींक शेयरको वापत रु १ कोरोना विरुद्ध लड्नका लागि प्रधानमन्त्री कोषमा पठाइने छ ।

यस रकमले कला मार्फत कोरोना संक्रमणवाट लड्न साहस र हौसला दिनेछ भन्ने अपेक्षा राखिएको छ । अबको प्रतिकुल अवस्थामा मान्छे भेला भएर भन्दा यसरी अनलाइन कन्सर्ट मार्फत हौसला र माया आदान प्रदान गर्दै अबका दिनमा क्याशलेश जान र डिजिटल सुविधाहरु उपयोग गरेर आफूलाई सुरक्षित राख्न पनि सन्देश प्रवाह गरिएको छ ।

Live Online Concert featuring Adrian Pradhan Ft Prajwal Pradhan | Bipul Chettri | Ishan R. Onta | Kengal M. Shrestha | Phiroj Shyangden | Shirish Dali |Swapnil Sharma | Swoopna Suman

#MusicforAid by Khalti and Arbitrary Group. Live Online Concert featuring Adrian Pradhan Ft Prajwal Pradhan | Bipul Chettri | Ishan R. Onta | Kengal M. Shrestha | Phiroj Shyangden | Shirish Dali |Swapnil Sharma | Swoopna SumanStarts at 2pm this Monday. Stay Tuned with Khalti Page. Click on the “Share” button after clicking the link bit.ly/khaltimusicforaidWe will donate Rs 1 per share to PMs Corona Control & Treatment fund.Thank You For Your Support #StaySafe #StayHome #GoCashLess #GoDigital #Khalti #TheArbitraryGroupPlease Share !

Posted by Khalti on Saturday, 28 March 2020

यस कन्सर्ट आज मार्च ३० तारिख अर्थात चैत्र १७ गते दिउँसोको २ बजेपछि हुँदैछ । अनलाइन कन्सर्टमा भेटौंला है त । स्मरण रहोस् यस कन्सर्टलाई लाइभमाण्डु मार्फत नेपालको सर्वाधिक डाउनलोड गरिएको र रुचाइएको हाम्रो पात्रो मोवाइल एप्सले पनि फिचर गर्दैछ, घर बसेर कन्सर्टमा सहभागीता जनाउन नभुल्नुहोस् ।

सुयोग ढकाल
लाइभमाण्डु


Loading comments...