१०० घरधुरी मुसहर परिवारमा ५०० माक्स र २०० हात धुने साबुन वितरण


भोर अनुसन्धानमा आधारीत अभियानी तथा परोपकारी संस्थाले प्रदेश २, धनुषा जिल्ला, सबैला नगरपालिका वडा नं. १२ बडकुर्वामा रहेको १०० घर मुसहर परिवारलाई ५०० माक्स र २०० हातधुने साबुन वितरण गरेका छन् । साथमा केही मुस्लिम परिवारमा पनि उक्त मास्क र साबुन वितरण गरिएको छ । यत्रो विश्वव्यापी कोरोना महामारी फैलेको बेला पनि उक्त १०० परिवार बसेको मुसहर समुदायमा हिजो सम्म मास्क पुग्न सकेको थिएन र वहांहरुले प्रयोग पनि गर्नु भएको थिएन । आज मात्रै १०० घर परिवार मुसहर समुदायले मास्क र साबुन प्राप्त गरेका हुन ।

वितरण गर्नु अघि सबैला नगरपालिका वडा नं. १२ रघुनाथपुरको वडा कार्यलयमा वडा अध्यक्ष प्रदिप महतो, भोरको तर्फबाट सरोज प्रसाद दुलाल, दलित अगुवा राजेन्द्र सदा, समाजसेवी दिप कुवर लगायतको व्यतिmहरुको रोहवरमा बैठक बसी अति नै गरिब र दैनिक ज्यालामजदुरी गरी जिवनयापन गर्ने बडकुर्वाको ८० दलित घर परिवारलाई वितरण गनुपर्ने निर्णय अनुसार सो वडामा वितरण गरिएको थियो ।

चाईनाको वुहानबाट शुरु भएको कोरोना भाइरस नेपालमा पनि महामारीको रुपमा हुन सक्ने सम्भावना भएकोले नेपाल सरकारले आउदो चैत २५ सम्म लकडाउनको घोेषणा गरेका छन् । विभिन्न माध्यमबाट कोरोना भाइरसबाट बच्न साबुन पानिले मिचिमिचि हात धुनुपर्ने र माक्स लगाई कम्तिमा ३ फिटको दुरीमा बस्नुपर्ने कुरा प्रचार प्रसार गरिरहेका छन् तर यी दलित मुसहर घरमा न साबुन हुन्छ, न मिचिमिचि हात धुने वानी त्यही भएर सबै जना स्वस्थ रहुन र जीवन रक्षा होस भनी भोरको पहलमा माक्स र हातधुने साबुन वितरण गरेको भोरको कोषाध्यक्ष पचुलाल माझी मुसहरले जानकारी गराउनु भयो ।

सामाजिक दुरीलाई मध्यनजर गर्दै भोरको केन्द्रीय सदस्य सरोज प्रसाद दुलाल, वडा अध्यक्ष प्रदिप महतो, दलित अगुवा राजेन्द्र सदा, समाजसेवी दिपु कुवरको रोहवरमा प्रत्येक घर घरमा पुगी घरमा रहेको परिवारको सख्या अनुसार मास्क सरोज प्रसाद दुलाल वितरण गरेका थिए ।

माक्स र साबुन पाएका दलित परिवारका ७२ बर्षीय अनारो देवी सदाय खुशी हुदै वितरण गर्नेलाई आर्शिवाद सहित खुशी व्यतm गरे । उहाँ अकमकाउदै अहिले कसैलाई काम गर्न जान दिदैन, हामी के खाने अब उमेर पनि गैइसकियो भाइरस लाग्नु भन्दा पहिला भोकले नै मर्ने होला । यत्रो सबो जनालाई कस्ले खानको लागी दिन्छ ? माक्स र साबुन त दिनुभयो, यदि हुन्छ भने खाधान्नको लागी पनि पहल गरिदिनुहोला भनी हात जोडी अनुरोध गरेका थिए ।


Loading comments...