काठमाण्डौंस्थित रोहिगिंया शरणार्थी क्याम्पमा राहत वितरण


चैत्र १७  काठमाण्डौं । आज कश्मीरी यूथ र कश्मीरी तकिया गुठी दरबार मार्गले केयर फाऊण्डेशनको रोहबरमा यस जिल्ला काठमाण्डौको बूढानीलकण्ठ महानगरपालिका को वार्ड नम्बर ११ कपन स्थित रोहिगिंया शरणार्थी क्याम्पमा रहेका १५४ परिवारलाई राहत स्वरूप खाद्यान्न वितरण गरेको छ प्रत्येक परिवारलाई २५ किलो चामल, ५ किलो दाल, १ लिटर तोरीको तेल ५ किलो चीऊरा प्रदान गरेको को छ ।

उस अवसरमा स्थानीय निकायबाट वार्डका अध्यक्ष रूद्र अधिकारी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, वार्ड सचिव, जनपथ प्रहरीको टोली र तकिया कश्मीरी मस्जिदका उपाध्यक्ष श्री हाजी फिरोजुद्दीन, संचालक अध्यक्ष सय्यद अशरफ शाह, उपाध्यक्ष  राशदूद्दीन, केयर फाऊण्डेशन नेपालका अध्यक्ष डाक्टर अब्दुल मोबिन खान, केयर फाऊण्डेशन नेपालकी सदस्य तथा महिला विभाग प्रमुख श्री रेशमा बानु शाह लगायतको उपस्थितिमा वितरण गरिएको छ ।


Loading comments...